रवि लामिछानेको पासपोर्टमाथि अनुसन्धान सुरू

रवि लामिछानेको पासपोर्टमाथि अनुसन्धान सुरू
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयमा अनुसन्धान प्रक्रिया अघि बढेको छ ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आवश्यक कागजात संकलन सुरू गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता अच्यूतमणि नेउपानले लामिछानेको पासपोर्टका विषयमा अनुसन्धान अघि बढाइएको बताए ।

नेउपानेले अन्नपूर्णसँग भने,‘जिल्ला प्रशासन कार्यालय,राहदानी विभाग र अध्यागमन विभागलाई रविले लिएको पासपोर्टका विषयमा सोधेका छौं । विस्तृत विवरण मगाएका छौं । ती निकायबाट संकलन गरिएका प्रमाण पुष्टि भएपछि जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर,काठमाडौंमा पठाउने योजना छ ।’

युवराज पौडेल ‘सफल’ले प्रहरीले लामिछानेको पासपोर्टमा अनुसन्धान अघि नबढाएको भन्दै मंगलबार सरकारी वकिल कार्यालयमा जाहेरी दिएका थिए ।

आफू अमेरिकी नागरिक छँदा लामिछानेले दोहोरो राहदानी लिएको विषयमा गृह मन्त्रालयमा पनि उजुरी परेको छ। त्यसको टुंगो लागेको छैन।  पौडेलले प्रमाणसहित जाहेरी दिँदा पनि प्रहरी परिसर टेकु काठमाडौंले दर्ता गर्न नमानेको निवेदनमा उल्लेख गरेका छन्।

सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहर गरिदिएपछि लामिछानेको उपप्रधान,गृहमन्त्री र सांसद पद गुमेको छ। अदालतकै आदेशमा 
उनले पुन:नागरिकता प्राप्‍त गरिसकेका छन्। 

पुन:नागरिकता पाएपछि उनले गृहमन्त्रालयमा दावी गरेका थिए। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गृह आफूसँगै राख्ने बताएपछि लामिछाने सरकारबाट बाहिरिएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.