राजनीतिक संयन्त्रको बैठकअघि प्रचण्डले गगनसँग गरे छलफल
उनीहरूबीच राष्ट्रपति निर्वाचनबारे छलफल भएको स्रोतले बताएको छ। नेपाली कांग्रेसले समेत राष्ट्रपतिमा आफ्नो दावी गर्दै आएको छ ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापासँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेटन कांग्रेस महामन्त्री थापा बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।
उनीहरूबीच राष्ट्रपति निर्वाचनबारे छलफल भएको स्रोतले बताएको छ। नेपाली कांग्रेसले समेत राष्ट्रपतिमा आफ्नो दावी गर्दै आएको छ । केहीबेरपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको संभावित उम्मेदवारको बारेमा छलफल हुने बताइएको छ ।
संयन्त्रको बैठकअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेस महामन्त्री थापासँग छलफल गरेका हुन् । बुधबार प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भे्टन बालकोट पुगेका थिए ।
सोही भेटबाट दुई शीर्ष नेताले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने निर्णय गरेका थिए । एमालेले पूर्वसहमति अनुसार एमालेले को व्यक्ति राष्ट्रपति हुनुपर्ने अडान राख्दै आएको छ ।
माओवादी केन्द्रले भने कांग्रेसलाई समेत सहभागी गराएर राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चुनिनुपर्ने बताएको छ।
प्रतिक्रिया दिनुहोस !