ठेक्का लिँदै, आयोजना छाड्दै

ठेक्का लिँदै, आयोजना छाड्दै
फाइल तस्बिर।
सुन्नुहोस्

हेटौंडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र ३ जोड्न सामरी खोलामा पाँच वर्ष अघि पक्की पुल निर्माण सुरु भएको थियो। तर, पाँच वर्षका बीचमा पुलको पिल्लर हाल्ने बाहेक अन्य काम हुन सकेको छैन। 

वर्षात् लागेपछि खोला तर्न तुइनको भर पर्नुपर्ने बाध्यता नहट्दा यहाँका स्थानीय चिन्तित छन्। गत वर्षातले पुलको एक स्पानको ढलानको लागि भनेर हालेको रड र फर्मा बगाएपछि हालसम्म निर्माण कम्पनी फर्केर आएको छैन। पुलसँगै जोडिएको धादिङ बजारका स्थानीय हरि न्यौपानेले भने, ‘चार वर्ष भयो ठेकेदार फर्केर आएको छैन, हामी पुल नहुँदा वर्षातमा अझै पनि तुइनमा झुन्डिन बाध्य छौं।’

तत्कालिन जिल्ला विकास समिति मकवानपुरमार्फत निर्माण कम्पनी नागर्जुन शंकरमाली जेभिले ५ करोड ३७ लाख ९२ हजार तीनसय पाँच रुपैयाँमा ठेक्का पारेर २०७३ साल पुस ११ ठेक्का सम्झौता गरेको 

थियो। कम्पनीले काम सकाउनुपर्ने सम्झौता अवधि २०७४ चैत ११ गतेसम्म भएपनि सम्झौता अवधि बितेको चार वर्ष भइसकेको । तर, अहिलेसम्म पुलको पिल्लर हाल्ने बाकेह अरू केही काम भएको छैन। 

यो पुल बन्दा मकवानपुरगढी ३, ४, ५ र ६ का जनता प्रत्यक्ष लाभाविन्त हुनेछन्। पुल बन्न सुरु गरेयता मात्र सामरी खोलाले बगाएर चार जनाको ज्यान गइसकेको स्थानीयले बताएका छन्। १२६ मिटर लामो पुल जिल्ला विकास समिति खारेज भएपछि बामती प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय चितवनले स्वमित्व लिएको छ। कार्यालयका प्रमुख वीरेन्द्रकुमार चौधरी भन्छन्, ‘हामीले तोकेता गर्न केही बाँकी छैन, अब नयाँ प्रक्रियाबाट जानुको बिकल्प छैन।’

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट करिब पाँचसय मिटरको दूरीमा प्रत्येक वर्षात्मा तुइनको भरमा स्थानीय राप्ती खोला पारपार गर्न बाध्य छन्। त्यही तुइन पनि  गत वर्षबाट पक्की पुल निर्माण गर्ने भन्दै हटाइएको छ। तर अर्को वर्षात आउन लाग्दासमेत हेटौंडा १ स्थित लालझाडीलाई हेटौंडा बजारसँग जोड्ने पक्की पुल बन्ने सुरसार छैन। तुइनसमेत हटाउँदा अबको वर्षात्मा खोला कसरी वारपार गर्ने भन्नेमा स्थानीय चिन्तित छन्। 

दुई वर्ष अघि निर्माण सुरु गर्ने सम्झौता गरेको ठेकेदार कम्पनीले हालसम्म एउटा खाल्डो मात्र खनेको छ। ‘ठेकेदार फरार भएर पुल निर्माणको काम अलपत्र परेको छ’, हेटौंडा १ का वडाअध्यक्ष सविन न्यौपानेले भने, ‘सरकारले निर्माण कम्पनीलाई पुल निर्माण छिटो गर्न नलगाए चरणबद्ध आन्दोलन गर्र्नेछौं।’ वडा अध्यक्ष न्यौपानेले पहिलो कार्यकालमा परेको बजेट दोस्रो कार्यकालको एक वर्ष बित्दा समेत पुलनको एउटा पिल्लर ठडिएको देख्न पाएका छैनन्। हेटौंडा उपमहानगरपालिकाको मुख्य क्षेत्रमा पुल निर्माण हुने भएपछि यसअघिको तुइनसमेत हटाइएको थियो। उक्त तुइनबाट ज्यान

जोखिममा राखेर लालझाडी बासीले कृषि उपजसँगै उत्पादित दूध बिक्रीका लागि चौकीटोलसम्म ल्याउने गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.