सहकार्यबाट सहकारीको चुनौती समाधान गरौं : रजिष्ट्रार

सहकार्यबाट सहकारीको चुनौती समाधान गरौं : रजिष्ट्रार
सुन्नुहोस्

ललितपुर : सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या समाधान गर्न सहकार्यमा जोड दिएका छन्। 

समस्यालाई चुनौतीका रूपमा लिएर समाधानका लागि सहकार्य गर्न सहकारी अभियानसँग आह्वान गरे। 

राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिसँग शनिबार भएको छलफल कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले सहकारी क्षेत्रमा मात्र नआएकाले समाधानका लागि क्रियाशील हुनुपर्ने बताए। 

‘मुलुकको अर्थतन्त्र र विश्वमा बित्तीय संकट देखिएको छ, सहकारीमा देखिएको वर्तमानको समस्या सहकारीका कारण आएको होइन,’ उनले भने,‘ हाम्रा कारणले समस्या आएको होइन।’ 

चुनौतीको सामना गर्नका लागि राज्य र सहकारी अभियानबीच सहकार्य र समन्वय हुनुपर्ने उनको भनाइ थियो। 'सहकारीमा समस्या छ भन्ने कुरालाई छोडेर चुनौती छ,' उनले भने। हामी सामना गर्छौ भन्ने दृढ विश्वासका साथ सहकार्यमा जोडिन उनले सहकारी अभियानकर्मीलाई आह्वान गरे।     

सहकारीको विकास र प्रवर्द्धन गरी मुलुकलाई आर्थिक रूपमा सबल बनाउनका लागि कानुन बाधक देखिए कानुन संशोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले कानुनले राम्रो कामका लागि बाधा होइन, सहजीकरण गर्ने बताए। 

‘कानुनलाई देखाएर राम्रो काम भएन भन्ने होइन, राम्रो कामका लागि सहजीकरण र गलत गर्नेलाई कारबाही गर्न कानुन सहयोगी हुनुपर्छ’ उनले भने,‘ कानुन नियन्त्रणका लागि होइन, सहजीकरणका लागि हो, द्विविधामा मार्ग प्रशस्त गर्ने भएकाले सहकारीको समस्या समाधानका लागि कानुन बाधक भए सहजीकरण गर्नु पर्दछ।’

सहकारी ऐनमा भएका प्रावधानको कार्यान्वयनका लागि सबैसँग समन्वय र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे।     

विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारी क्षेत्रको प्रवर्द्धनका लागि सहकारी बैंकले विभागलाई सहयोग पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए। सहकारीको समस्या समाधानमा सबै पक्षको सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गरे।

बैंकका अध्यक्ष केबी उप्रेतीले वित्तीय संकटका कारण सहकारी क्षेत्रमा देखिएको चुनौतीको सामना गरी सहकारीलाई बचाउनका लागि अभियानका तर्फबाट भइरहेका कामका बारेमा जानकारी गराए। 

‘सहकारी बचाउनुपर्ने बाध्यता छ, सबै मिलेर बचाउ र सँगै सहकारीको सुशासनका लागि प्रवर्द्धनसँगै नियमन र अनुगमनमा लागौं’ उनले भने।     

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहकारी बैंकको विगत, वर्तमान र आगामी योजना लगायत सहकारी क्षेत्रको प्रवर्द्धन र विकासमा बैंकले खेलेको भूमिका लगायतका विषयमा सहजीकरण गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.