अलपत्र  पुल बनाउन माग गर्दै अनशन

अलपत्र  पुल बनाउन माग गर्दै अनशन
सुन्नुहोस्

रौतहट : लामो समयदेखि अलपत्र परेको निर्माणाधीन पुल यथाशीघ्र निर्माण गर्न माग गर्दै सोमबारबाट एक सञ्चारकर्मी अनसन बसेका छन्।

रौतहटको गौर-टिकुलियास्थित लालबकैया नदीमा पप्पु कन्ट्रक्सनले अलपत्र परेको  पुललाई यथाशीघ्र निर्माणका लागि नेपाल पत्रकार महासंघ रौतहटका सहसचिव संजय सहनी सोमबार साँझ ७ बजे बेलुकीबाट आमरण अनसनमा बसेका हुन्।

सहनीले आफ्नो अभियानलाई सकारात्मक सोचका साथ हेरिदिन र निस्वार्थ ढंगले सहयोग गर्न अनुरोध गरेका छन्।

आमरण अनसन बसेका सहनीले  प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री मन्त्री, सभामुख, पूर्व मन्त्री, मुख्यमन्त्री, सभामुख, संसद, पूर्व सांसद, स्थानीय तह प्रमुख एवं सरोकारवाला सम्पूर्णमा पुल निर्माणमा सहयोग गर्न आग्रह गरेका छन्।

रौतहटको ईशनाथ र गौर नगरपालिका जोड्ने पुल सम्झौता गरेको १० वर्ष पुग्नै लाग्दा समेत अलपत्र छ।

सम्झौताअनुसार २०७४ माघ २९ मा काम सम्पन्न गर्नुपर्ने थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए। 

तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौर-औरैया जोड्ने लालबकैया नदीमा २ सय २५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.