मेयर बालेनसँग जरिवाना नअसुल्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं : सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग जरिवाना नअसुल्न अन्तिरम आदेश दिएको छ। सर्वोच्च अदालतले निर्वाचन आयोगको नामम अन्तरिम आदेश जारी गर्दै जरिवाना नलिन फैसला सुनाएको हो।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत संलग्न संवैधानिक इजलासले यस्तो आदेश जारी गरेको हो।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले ६ महिने अल्टिमेटम दिएको थियो। निर्वाचन आयोगले गत भदौ ३१ गते एक लाख २३ हजार ६२४ स्थानीय तहका उम्मेदवारले समयमा खर्च विवरण नबुझाएको भन्दै जरिवाना तोकेको थियो।
प्रतिक्रिया दिनुहोस !