डडेल्धुरा महोत्सव सुरु
डडेल्धुरा : पाँचौं संस्करणको डडेल्धुरा महोत्सव सुरु भएको छ।
महोत्सवको प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नेतृ आरजु राणा देउवाले उद्घाटन गरिन्।
डडेल्धुरा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव १४ गतेसम्म सञ्चालन हुने छ।
महोत्सवमा झण्डै १ सय ५० स्टल राखिएको छ। महोत्सवमा ७२ लाख खर्च हुने ५ करोडको कारोबार हुने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस !