ऋण तिर्न ताकेता

ऋण तिर्न ताकेता
सुन्नुहोस्

तरलताको व्यवस्थापनका लागि सरकारले १० अर्ब सहुलियतपूर्ण कर्जा दिनुपर्ने माग गरेको छ ।

 

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले सहकारीका सञ्चालकलाई ऋण तिर्न ताकेता गरेको छ। सहकारी क्षेत्रको समस्या समाधान गर्न संस्थाका सञ्चालक र व्यवस्थापक प्रमुख रूपमा जिम्मेवार रहेको भन्दै ऋण लिएको भए तत्काल चुक्ता गर्न निर्देशन दिएको हो। 

महासंघका अध्यक्ष मीनराज कँडेलले व्यक्तिगत सम्पत्ति बेचेरै भए पनि संस्थाको ऋण तिर्न भनेका छन्। ‘सञ्चालक र व्यवस्थापकले ऋण तिरेपछि सदस्यलाई पनि ऋण तिर्न दबाब हुन्छ, संस्थाबाट ऋण लिएकाले जायजेथा बेचेरै भए पनि ऋण चुक्ता गर्नुहोस्।’  विधेयकमार्फत सहकारीमा गरिने व्यक्तिगत बचतको सीमा तोकिनु सहकारी अभियानको लागि गम्भीर भएको जनाएको छ।  सहकारी अभियानलाई संकुचित बनाउने प्रावधान हटाउन भनिएको छ। सहकारीमा सन्दर्भ ब्याजदरका कारण स्वचालित रूपमा ब्याजदर परिवर्तन हुन नसक्ने अवस्था हटाउन महासंघले जोड दिएको छ। 

तरलताको व्यवस्थापनका लागि सरकारले १० अर्ब सहुलियतपूर्ण कर्जा दिनुपर्ने माग गरेको छ । ऋणलाई पुनर्तालिकीकरण र पुनर्संरचना गर्ने प्रावधान एवं उक्त ऋणको वर्गीकरण आउँदो असार मसान्तमा रहेको वर्गमा कायम गर्ने गरी सहकारी विभागमार्फत निर्देशन जारी गर्न महासंघले अनुरोध गरेको छ। 

कर्जा सूचना केन्द्रको स्थापना, कर्जा असुली न्याधिकरणको गठन, सहकारी प्रवद्र्धन कोषको परिचालन, बचत तथा ऋण सुरक्षण कोषको स्थापना र स्थिरीकरण कोषको प्रभावकारी सञ्चालन गर्न महासंघले जोड दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.