सुनसरीबाट २८ किलो गाँजा बरामद, ट्याक्टर र चालक नियन्त्रणमा

सुनसरीबाट २८ किलो गाँजा बरामद, ट्याक्टर र चालक नियन्त्रणमा
सुनसरीको हरिनगरा गाउँपालिका-७ बाट सशस्त्र प्रहरीले बरामद गरेको गाँजा। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : ट्याक्टरमा लोड गरेर ओसारपसार गर्दै गरेको अवस्थामा सुनसरीको हरिनगरा गाउँपालिका-७ बाट सशस्त्र प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ। 

देवानगन्ज-घुस्कीभित्री सडकखण्डको देवानगन्ज पुलनजिकबाट २८ किलो १ सय ४० ग्राम गाँजा सशस्त्र प्रहरी निरीक्षक दिनेश खड्का नेतृत्वको मोटरसाइकल गस्ती टोलीले बिहीबार राति बरामद गरेको हो। 
गाँजा ओसारपसारमा प्रयोग गरिएको को २ त ७९९३ नम्बरको ट्याक्टर र चालक सुनसरीको दुहवी नगरपालिका-४ का २० वर्षीय मोहमद रुस्तमलाई पनि सशस्त्रले नियन्त्रणमा लिएको छ। 

दुहवीबाट घुस्कीतर्फ जाँदै गरेको ट्याक्टरलाई शंका लागेर चेकजाँच गर्दा राति १० बजेतिर गाँजा बरामद भएको सशस्त्रले जनाएको छ। सशस्त्रका अनुसार बोरामा प्याक गरिएको गाँजा ट्याक्टरको ट्रलीमुनी ‘फल्सबटम’ बनाएर लुकाईछिपाई ओसारपसार गरिरहेको अवस्थामा फेला परेको हो। 

सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले बरामद गरिएको लागूऔषध गाँजा, नियन्त्रणमा लिएको ट्याक्टर र चालकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि शुक्रबार इलाका प्रहरी कार्यालय देवानगन्जमा बुझाइएको बताए। उनका अनुसार नेपालबाट गाँजा भारततिर तस्करी गर्न लागिएको हुनसक्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.