गोरखा बसपार्कस्थित नबिल बैंक र तीन पसलमा चोरी

गोरखा बसपार्कस्थित नबिल बैंक र तीन पसलमा चोरी
सुन्नुहोस्

गोरखा: बसपार्कस्थित नबिल बैंक र तीनवटा पसलमा गएराति चोरी भएको छ। बसपार्कस्थित नबिल बैंक र प्याराडाइज होटल तथा नयाँबजारस्थित अर्याल मेडिकल र ओमशंकर कस्मेटिकबाट नगद चोरी भएको हो।

बैंक फुटाए पनि चोरी गर्न भने नपाएको जिल्ला प्रहरी कार्यालयका एसपी अनुपम श्रेष्ठले जानकारी दिए। गार्ड नभएको मौका छोपी बैंकको चापी हात पारेर यत्रतत्र पैसा खोजेको तर चोर्न नसकी छोडेको बताइएको छ।

साथै होटलको पछाडिबाट छिरेका चोरले काउण्टरमा रहेको पाँच हजार रुपैयाँ लगेको प्याराडाइज होटलले जनाएको छ।

राति एक बजेतिर चोर अर्याल मेडिकल र मेडिकल रहेको घरभित्र प्रवेश गरेको मेडिकल संचालक विनोद अर्याल बताउँछन्। चोरले काउण्टरमा रहेको १० हजार नगद र सोही घरमा डेरागरी बस्ने डाक्टर असीम कँडेलको कोठा फुटाई त्यहाँ रहेको २० हजार नगद चोरेको उनले बताए।

त्यस्तै नयाँबजारकै ओमशंकर कस्मेटिक पसल र पसल रहेको घर पनि फुटेको छ। चोरले सो पसल र घरको गरी पाँचवटा ढोका फुटाएको घरधनी रामबाबु श्रेष्ठले जानकारी दिए। यहाँबाट भने नगद हातपार्न नसकेको उनले बताए।

बजारभित्रको सुरक्षा व्यवस्था कमजोर भएकाले यस्ता भयावह घटना भएका घरधनीहरुको भनाइ छ । ‘जिल्लाको सदरमुकामभित्रको सुरक्षा व्यवस्था कत्तिपनि भएन’, रामबाबु श्रेष्ठ भन्छन्, ‘सुरक्षा व्यवस्था सुदृढ गर्नुपर्ने देखियो।’

नगद धेरै नचोरिदैमा यो अपराधलाई कम आँक्न नहुने भन्दै स्थानीयले बैंक फुट्नु, पसल, होटलहरु फुटाउनु धेरै ठूलो घटना भएको स्थानीयबासीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.