जीर्णोद्धार गरिएको इनारको उदघाटन
महोत्तरी: मटिहानी नगरपालिकाको वड़ा नं. ७ स्थित मटिहानीमा जीर्ण रहेको ईनारलाई उद्दार गरी शिवको मुर्ति स्थापना गरिएको छ।
महाशिवरात्री पर्वको अवसरमा शनिवार एक समारोहकाबीच इनारको जीर्णोद्धार गरी शिवको प्रतिमा स्थापना गरिएको मटिहानी नगपालिकाको कार्यालयले जनाएको छ।
वडा नं. ७ को वडा स्तरीय योजना अन्तर्गत ५ लाखको लागतमा १ सय वर्ष पुरानो इनारलाई जीर्णउद्धार गरिएको ईन्जिजिनयर विमलेश साहले बताए। सौन्दरीकरण गरिएको इनारको उदघाटन मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल र वड़ा नं.७ का वड़ा अध्यक्ष जितनारायन माझीले संयुक्त रुपमा गरेका हुन् ।
यो कामका लागि मटिहानी नगरपालिका वडा नं. ७ का गरीबनाथ ठाकुर र शितसरण ठाकुरले जग्गा उपलब्ध गराएका हुन्।
प्रतिक्रिया दिनुहोस !