डडेलधुरा महोत्सवको आज तेस्रो दिन
डडेल्धुरा: शनिबार डडेलधुरा महोत्सवको तेस्रो दिन। उद्योग वाणिज्य संघ डडेल्धुराको आयोजनामा अमरगढी नगरपालिका ४ को टुँडिखेलमा जारी महोत्सवमा शनिबार गायक पुष्कल शर्माले लोकभाका सुनाएका थिए।
सांगीतिक प्रस्तुती भएर पनि शनिबार महोत्सवमा स्थानीयको घुइँचो थियो। शर्मासँगै अन्य कलाकारले पनि आफ्नो प्रस्तुती राखेका थिए।
‘कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध डडेल्धुराको आधार’ भन्ने मुल नाराका साथ सञ्चालित महोत्सवमा अन्य दिनको तुलनामा शनिवार दर्शकको सहभागिता धेरै रहेको आयोजकले जनाएका छन्।
महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ र अन्यलाई ७५ रुपैयाँ टिकट तोकिएको छ। महोत्सव आगामी १४ गतेसम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया दिनुहोस !