विकट क्षेत्रमा क्याम्पस सञ्चालन गरिने

विकट क्षेत्रमा क्याम्पस सञ्चालन गरिने
सुन्नुहोस्

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका-२ भुट्टारमा क्याम्पस सञ्चालन गरिने भएको छ। पालिकाको केन्द्र रहेको भुट्टारमा स्नातक तह अध्यापन गर्ने गरी क्याम्पसको प्रस्ताव गरिएको हो। 

रसुवा माध्यमिक विद्यालयको ९० औँ स्थापना दिवसका अवसरमा क्याम्पस सञ्चालनको प्रस्ताव गरिएको हो। 

अधिकांस क्याम्पसहरू सहरबजार केन्द्रित रहेकाले विकट पहाडी क्षेत्रका बालबालिकालाई लक्षित गरी क्याम्पसको प्रस्ताव गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र साहीले बताए। 

जिल्लामा सञ्चालित आठवटा क्याम्पस सबै सुगम ठाउँमा रहेकाले पहाडी क्षेत्रका बालबालिका गाउँकै ढिँडो र पिठो खाएर उच्चशिक्षा हासिल गरुन भन्ने उद्देश्यले क्याम्पस सञ्चालनको तयारी गरिएको विद्यालयका पूर्वअध्यक्ष खविन्द्र रास्कोटीले बताए। 

विद्यालयका पूर्वअध्यक्ष झनकबहादुर साहीले रौतामाई मात्र नभएर छिमेकी लिम्चुङबुङ र ताप्लि गाउँपालिकाका बालबालिकालाईसमेत पायक पर्ने गरी क्याम्पस सञ्चालनको प्रस्ताव गरिएको बताए। 

१९८९ सरकारी स्वीकृत भएर प्रारम्भिक भाषा पाठाशालाका रूपमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन गराइन्छ। 

विद्यालयका प्रधानाध्यापक राजकुमार कार्कीले भौगोलिक विकटता, आर्थिक अवस्था र भनेजस्तो सेवा प्रवाह गर्न नसक्दा विद्यालय टिकाउन मुस्किल परेका बताए। 

४ सय २५ जना विद्यार्थी रहेको उक्त विद्यालयमा नजिकमा धेरै विद्यालय रहेकाले क्याम्पस सञ्चालनमा खासै असहज नहुने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.