फालेलुङका लक्ष्मण राईलाई आङ्देम्बेले गरे घर हस्तान्तरण

फालेलुङका लक्ष्मण राईलाई आङ्देम्बेले गरे घर हस्तान्तरण
सुन्नुहोस्

फिदिम: नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भिष्मराज आङ्देम्बेले फालेलुङ गाँउपालिका ३ बिकटेका लक्ष्मण राईलाई घर हस्तान्तरण गरेका छन्।

 
प्रजातन्त्र दिवसको अवसर पारेर राईका लागि फालेलुङ ३ बिकटेमा निर्माण गरिएको दुई कोठे घर आङ्देम्बेले हस्तान्तरण गरेका हुन्। आङ्देम्बेकै आर्थिक लगानीमा दुई कोठे घर निर्माण गरिएको हो। अपाङ्गता भई एकल जीवन बिताईरहेका राईको घर निर्माणका लागि जनसेवा समाज पाँचथरले संयोजन गरेको हो।
 
‘घर निर्माणका लागि आर्थिक सहयोग काँग्रेस नेता भिष्मराज आङ्देम्बेले गर्नुभएको हो,’ जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले भने ‘घर बनाईदिन मैले आग्रह गरेपछि उहाँले आर्थिक सहयोग गर्नुभयो ।’

घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै आङ्देम्बेले गास, बास र कपासबाट कोही पनि नेपाली नागरिक बञ्चित हुनुनहुने बताए। ‘जनप्रतिनिधि र राजनीतिकर्मीले गरिब तथा निमुखाहरुको भलाईका लागि काम गर्नुपर्छ,’ आङ्देम्बेले भने ‘लक्ष्मण राईजस्ता मानिसहरुका लागि घर निर्माण गर्नु हाम्रो कर्तव्य हो ।’ घर हस्तान्तरण कार्यक्रमकै अवसरमा राईलाई चामल, तेल, दाल, नुन, मसला लगायतका खाद्यान्न सामग्रीसमेत प्रदान गरिएको छ।
 
घर निर्माणका लागि शसस्त्र प्रहरी बल हिमशिखर गुल्म र बिकटेका स्थानीयहरुले श्रम सहयोग गरेको अधिकारीले बताए । स्थानीय सामुदायिक बन उपभोक्ता समितिले आवश्यक काठ उपलब्ध गराएको र सामग्री ढुवानीका लागि फालेलुङ गाँउपालिकाले सहयोग गरेको थियो । 

फालेलुङ ३ का वडाध्यक्ष शक्ति केरुङको अध्यक्षतामा घर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा वडासदस्यसहित स्थानीयहरुको उपस्थिति थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.