झलनाथले भने- हाम्रो पार्टीलाई कसैले राष्ट्रपतिमा प्रस्ताव गरेको छैन
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई हालसम्म कसैले राष्ट्रपति उम्मेदवारमा प्रस्ताव नगरेको बताएका छन्।
सचिवायलय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको उम्मेदवार बनाउने विषयमा कुनै प्रस्ताव नआएको दाबी गरे।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले पनि राष्ट्रपतिको प्रस्ताव आएकोबारे कुनै ब्रिफिङ नगरेको उनको भनाइ छ।
'राष्ट्रपतिको विषयमा प्रस्ताव आएको भन्नेबारे अध्यक्षजीले पनि केही भन्नुभएन। त्यसकारण यो हल्लामात्रै रहेछ भन्ने बुझ्नुपर्यो,' उनले भने।
बैठकमा अध्यक्ष नेपालले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेको नेता खनालले बताए। बैठकले राष्ट्रपति निर्वाचनबारे दलहरूसँग परामर्श गर्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
प्रतिक्रिया दिनुहोस !