मटिहानी पुग्यो मिथिला माध्यमिकी परिक्रमा टोली

मटिहानी पुग्यो मिथिला माध्यमिकी परिक्रमा टोली
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

मटिहानी (महोत्तरी):मिथिलाको बहुचर्चित माध्यमिक परिक्रमा बिहीबार बिहान महोत्तरीको मटिहानी आइपुगेको छ । सोमबार धनुषाको कचुरीस्थित मिथिला विहारी कुटीबाट मिथिला विहारी तथा जनकपुरस्थित अग्नि कुण्डका किशोरीको डोलाकासाथ धार्मिक विधिअनुसार जानकी मन्दिरहुँदै धार्मिक झाँकी भजनकीर्तन सहित सुरू भएको परिक्रमा मंगलबार सीमावर्ती भारतीय गाउँ कलानेश्वरमा र बुधबार भारतकै गीरिजास्थानमा बास बस्दै आज तेस्रो दिन विश्रामका लागि महोत्तरीको मटिहानी आइपुगेको हो ।

बाजागाजा,साधु,नागा,नाचगानका साथ भगवान् राम र माता जानकीको डोला लिएर लाखौंको सङ्ख्यामा महोत्तरी प्रवेश गरेका परिक्रमालाई मटिहानीवासी तथा महोत्तरी प्रशासनले पूजापाठ गरी भव्य स्वागत गरेको छ। 

मटिहानीमा माता सीताको विवाहको बेला मटकोर विधि भएको सम्झना गर्दै यहाँ परिक्रमाको तेस्रो पराव रहँदै आएको छ । मटिहानीमा प्रसिद्ध लक्ष्मी नारायण मठ,लक्ष्मी सरोवर रहेको छ भने यसले प्राचीनकालको दर्शन गराउँछ । 

nullnullnullपरिक्रमा यात्रीका लागि मटिहानीस्थित लक्ष्मीनारायण मठले निःशुल्क भोजन,पानी,दाउरा,बिजुली र सय विघाभन्दा ठूलो आँपको बगैँचामा परिक्रमा यात्रीको बासको व्यवस्था मिलाएको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताए ।

तेस्रो दिनमा महोत्तरीको मटिहानी आइपुगेको परिक्रमाका सहभागी यसपछि क्रमशः महोत्तरीको सदरमुकाम जलेश्वरमा चौथो पराव,मडैमा पाँचौ,ध्रुवकुण्डमा छेठौँ,र कन्चनवनमा सातौं दिनको बास बसेर आठौँ दिनको पराव पुनः धुनषा जिल्लाको पर्वतामा बस्नेछन् । त्यसपछि धनुषाधाम,औरही,विशौलहुँदै पुनः भारतको कलानेश्वर र फागुन पुर्णिमाको दिन जनकपुर फर्कनेछ । नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतिक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् ।

मिथिला महात्मयमा यी विश्रामस्थलका पौराणिक एवम् धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ । मिथिला महात्मयानुसार १८ औँ शताब्दीदेखि यो धर्म यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १०७ एवम् भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्ने परम्परा रहेको छ । परिक्रमामा भारतको आयोध्या,मथुरा,हरिद्वार, दरभङ्गा, सितामढी, बैजनाथधामका साधुहरू उल्लेख्य रुपमा सहभागी भएका छन् । फागुन शुक्ल प्रतिपदाको शुभसाइतबाट प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागुन पूर्णिमा तिथि पारी समापन गरिने परम्परा छ ।

nullnullnullविश्वकै सर्वाधिक लामो समय सम्म चल्ने धार्मिक यात्रा परिक्रमाका यात्रुहरू भारतको कलना,फुलहर,महोत्तरीको  मटिहानी,जलेश्वर,मडै,ध्रुवकुण्ड,कञ्चनवन हुँदै धनुषाको पर्वता धनुषाधाम,सतोषर,औरहीमा एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आइपुग्छन् र पूर्णिमा बिहान जनकपुरको अन्तगृह परिक्रमा गरी होली खेली १५ दिने यात्रा सम्पन्न गरिन्छ । मिथिलाको महाकुम्भ समेत नामकरण गरिएको यस परिक्रमा यात्रामा नेपाल भारतका हजारौँ साधुसन्त, महन्थ र गृहस्थहरूको सहभागिता रहेको छ ।

नगरभरिमा आज सार्वजानिक बिदा 

परिक्रमायात्री महोत्तरीको मटिहानीमा प्रवेश गरेपछि नगरपालिकाको कार्यालयले आज सार्वजानिक बिदा दिइएको छ । नगरप्रमुख हरिप्रसाद मण्डलले एक सूचना सार्वजानिक गर्दै आज नगरभरिमा सार्वजानिक बिदा मिलाइएको जनाएको छ । 

नगरमा आएको परिक्रमायात्रीलाई स्वागत गर्नका लागि बिदा दिएको  नगरप्रमुख हरिप्रसाद मण्डलले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.