मानव अधिकार सम्मेलनमा सहभागी हुन पूर्वप्रधानमन्त्री खनाल ढाका प्रस्थान
काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनाल सार्क हुमेन राइट्स फाउन्डेसनको आयोजनामा बंगलादेशमा मानव अधिकारको अवस्था नामक सम्मेलनमा सहभागी हुन ढाका प्रस्थान गरेका छन् ।
ढाकामा हुने मानव अधिकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन बंगलादेश एयरलाइन्सबाट खनाल त्यसतर्फ प्रस्थान गरेका हुन् । पूर्वप्रधानमन्त्री खनालको साथमा उनकी धर्मपत्नी रविलक्ष्मी चित्रकार,नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य ताज महम्मद मियाँ,नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा.शंकर खतिवडा रहेका छन् ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री खनालले भोलि ढाकास्थित सर्वोच्च अदालत परिसरमा आयोजित मानव अधिकार सम्मेलन २०२३ लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यसूचि छ ।
भोलि नै खनाल र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच शिष्टाचार भेटघाट हुने कार्यक्रम तय भएको छ । साथै,अन्य उच्चस्तरीय भेटवार्ताहरू पनि तय भएको खनालको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !