फागुन १२ को स्थिति कसरी बन्यो? प्रचण्डले दिए जवाफ (भिडियोसहित)
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अब प्रतिपक्षीमा जानसक्ने बताएका छन्। महेन्द्रनारायण निधिको १०१औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अब सम्भवतः कानुनी हिसाबले सरकार पुर्नगठनको नयाँ प्रक्रियातिर जानसक्ने भन्दै त्यस्तो अवस्थामा एमाले अब प्रतिपक्षीमा जानसक्ने बताए।
उनले सत्ता गठबन्धनका दलहरूबाटै संविधानमाथि प्रहार हुन थालेकाले राष्ट्रको हितमा नदेखिएको बताए। आफू प्रधानमन्त्री भएपछि बनेको गठबन्धनमा रहेका केही दलहरूले हौसिएर संविधान विपरितका कार्य गरेको उनले आरोप लगाए।
उनले कांग्रेसलाई राष्ट्रपति दिएर राष्ट्रिय सहमतिमा जान केपी ओलीलाई प्रस्ताव गर्दा नमानेकै कारण आफूले नयाँ राष्ट्रिय सहमति खोजेको बताए। उनले आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको दाबी गरे। संविधान, लोकतान्त्रिक मूल्य र मान्यता नस्वीकार्ने शक्तिहरूसँगको सहकार्य सहज नदेखिएकाले प्राकृतिक कोर्समा फर्किएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)