चर्को ब्याजदरविरुद्ध व्यवसायी सडकमा

चर्को ब्याजदरविरुद्ध व्यवसायी सडकमा
साँफेबगर बजारमा सोमबार आयोजित बिरोध र्‍याली ।

धनगढी/अछाम : चर्को ब्याजदरको विरुद्धमा सुदूरपश्चिमका व्यवसायीहरू आआफ्नो ब्यवसाय बन्द गरेर सडकमा उत्रिएका छन। उनीहरूले, २० गतेसम्म हरेक बिहान ११ बजेसम्म आआफ्नो व्यवसाय बन्द गरेर बजारमा प्रदर्शन गर्ने तालिका सार्वजनिक गरेका छन्। 

कैलाली र अछामलगायतका जिल्लामा सोमबार व्यवसायीहरूले प्रदर्शन गर्नुका साथै आआफ्नो ब्यवसाय बन्द गरेर बैंकहरूलाई दबाब दिएका छन्। प्रदेशको राजधानी धनगढीमा सोमबारदेखि हरेक दिन बिहान ११ बजेसम्म व्यवसाय नै बन्द गरी बजारमा प्रदर्शन सुरु भएको छ। ‘बैंकहरूले लिएको बेलाको भन्दा दोब्बर ब्याजदर पुर्‍याएको छ। 

व्यवसाय नै सुस्ताएको बेला बैंकको ब्याज अचानक बढेर दोब्बर भएपछि व्यवसायीहरू समस्यमा परेका छन्। सरकारले पनि ब्यवसायीको मागहरू बारे चासो लिएको छैन’ कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भने। 

व्यसायीहरूले बैंकले दिने बेलाभन्दा दोब्बर पारेको ब्याज घटाउनुपर्ने, सेवाशुल्कमा गरिएको वृद्धि फिर्ता हुनुपर्ने, लिलाममा चढाइएको निर्णय फिर्ता हुनुपर्ने, ब्याज बुझाउने समय ३५ दिनसम्म नियमित मान्नुपर्ने, पर्यटनको क्षेत्रमा कर्जा प्रवाह गरिनुपर्नेलगायतका मागहरू अघि सारेका छन्।

‘अहिले बैंकको लगानी ठप्प छ। विलासितामा लगानी नगरेपनि, आर्थिक गतिविधि बढ्ने शीर्षकमा कर्जा खोलिनुपर्छ। पर्यटनमा लगानी गरिनुपर्छ’ होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले भने। उनले बैंकले लगानी नगर्ने तर गरेको लगानीमा ब्याज दोब्बर पारेपछि समस्या भएको बताए। 

आर्थिक अवस्था खस्किँदै गएपछि बैंकहरूले ब्याजदर बढाएका थिए। कोरोनाका कारण धरासायी भएका व्यवसायीहरूको समस्याका बारेमा बैंकहरू उदासीन रहेको व्यवसायीहरूले आरोप लगाएका छन्। 

अछाममा पनि उद्योगी व्यवसायीहरू सडकमा उत्रिएका छन। बैंक तथा वित्तीय संस्थाहरूले लिँदै आएको चर्काे ब्याजका कारण व्यवसायी र सर्बसाधारण ठूलो मार खेप्नु परेकाले भन्दै चरणबद्ध संघर्षहरूका कार्यक्रम गरेको उद्योग बाणिज्य संघ अछामले जनाएको छ। 

चर्को ब्याजदरले व्यवसायी, किसान लगायत आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरू मारमा परेको भन्दै व्याजदर घटाउन बाध्य गराउने उद्देश्यका साथ विरोध कार्यक्रमहरू तय गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतले जानकारी दिए। 

सोमबारदेखि संघर्षको कार्यक्रम सुरु भएको उनले बताए। सोमबार साँफेबगर बजारमा बैंक तथा वित्तीय समस्या समाधानका लागि र्‍याली निकालिएको छ। व्यवसायीहरूले ‘बंैक कर्जा तथा वित्तीय समस्या समाधान गर, व्यापारी एक हौं, व्यवसायीका समस्या समाधान गर, चर्काे ब्याजदर नियन्त्रण गर’ जस्ता नारा लगाउदै बजार परिक्रमा गरेका थिए। 

उद्योग वाणिज्य संघ अछामले पनि १५ गते देखि हरेक दिन बिहान ११ बजेसम्मका लागि बजार बन्द गर्ने, बिरोध र्‍याली निकाल्ने, प्रत्येक बैंक, जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा गर्ने निर्णय गरेको छ। उद्योगी व्यवसायीहरूले १८ गते भने कुनै पनि बैंक तथा वित्तीय संस्थामा ‘नो डिपोजिट’ अर्थात् निक्षेप जम्मा नगर्ने निर्णयसमेत गरेको उद्योग वाणिज्य संघका सचिव कृष्ण कुँवरले बताए।

२० गतेसम्म प्रदेशभरिका सबै उद्योग वाणिज्य संघहरूले संघर्ष समिति निर्माण गरी आन्दोलन गर्ने जनाएका छन। फागुन महिनाभित्र पनि माग सम्बोधन नभए अझै संयुक्त छलफल गरी थप ससक्त आन्दोलन गर्ने निर्णय गर्ने उद्योग वाणिज्य संघहरूले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.