माधव नेपालले चाहेको भए राष्ट्रपति बन्ने संभावना थियो: गगन थापा

माधव नेपालले चाहेको भए राष्ट्रपति बन्ने संभावना थियो: गगन थापा
सुन्नुहोस्

काठमाडौं :नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस १० मा बनेको गठबन्धन अस्वभाविक भएकाले भत्किएको बताएका छन्।

मंगलबार काठमाडौंमा काठमाडौं क्षेत्र नम्बर ४ सांसदको कार्यालय उद्घाटन गर्दै थापाले निर्वाचन अघिको गठबन्धन भत्काएर पुस १० गते अप्राकृतिक गठबन्धन बनाउने गल्ती सच्चाइएको बताएका हुन्।

उनले पुस १० मा भएको गल्ती सच्याएर अस्भाविक रुपमा बनेको गठबन्धन भत्काएको टिप्पणी गरे। उनले भने,'पुस १० मा जुग गठबन्धन बनेको थियो त्यो त्यो अस्वभाविक, अप्राकृतिक र अबान्छित थियो। त्यसैले भत्कियो।'

निर्वाचनमा फरक–फरक उद्देश्य भएका दलले गठबन्धन बनाएर जनताबीच मुलुक बनाउने प्रतिवद्धता गरेको र निर्वाचनपछि जनतामाझ गरेको प्रतिवद्धता पालना नगरेकाले अहिले ढिलो भएपनि निर्वाचन अघिको गठबन्धनलाई व्युताउन सफल भएको उनले बताए। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड'ले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए अहिलेको गठबन्धन नै नबन्ने भन्दै उनले अहिलेको गठबन्धन पदका लागि नभएको दावी गरे।

थापाले अब गठबन्धनलाई बलियो बनाएर सरकारलाई सफल बनाउनुपर्ने बताए। उनले केन्द्रदेखि प्रदेशसम्म ८ दलीय गठबन्धनको सरकार बन्ने दावी गरे।

उनले जनतालाई कामले परिणाम दिन नसके फेरि अप्ठेरो अवस्था आउने भएकाले झ्याल ढोका बन्द गरेर काममा लाग्नुपर्नेमा जोड दिए।

उनले माधव नेपालले चाहेको भए राष्ट्रपति बन्न सक्ने संभावना रहेको बताए। उनले भने,'एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिमा इच्छा व्यक्त गरेको भए बन्ने संभावना थियो।'


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.