धादिङबाट सालकको खपटा र जिउँदो हुचिलसहित दुईजना पक्राउ
धादिङ : धुनिवेशी नगरपालिका-६ नौविसेबाट सालकको खपटा ५ किलो ३ ग्राम र जिउँदो हुचिल १ थानसहितदुईजना पक्राउ परेका छन्। थाक्रे गाउँपालिका-५ नयाँगाउँ बस्ने ४७ वर्षीय बिनोद लामासहित दुईजनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र ईलाका प्रहरी कार्यालय खानीखोला धादिङबाट खटिएको प्रहरीले हाप्सेचौरबाट नौविसेतर्फ आउँदै गरेका उनीहरूलाई खपटा र हुचिलसहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !