प्रदेश १ को प्रस्तावित नाम ‘कोशी’ बहुमतले स्वीकृत

प्रदेश १ को प्रस्तावित नाम ‘कोशी’ बहुमतले स्वीकृत
प्रदेशसभा बैठकको दृश्य। तस्बिर : राकेश कर्ण
सुन्नुहोस्

विराटनगर : प्रदेश १ को नामकरणका निम्ति प्रदेशसभा सचिवालयमा दर्ता गराइएको ‘किराँत-लिम्बुवान-सगरमाथा’ नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले दर्ता गराएको सो नामको प्रस्ताव अस्वीकृत भएको हो। 

नेकपा एसका सांसद तथा तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक रहेको उक्त प्रस्ताव जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बुको समर्थनमा दर्ता गराइएको थियो। तर बुधबार बसेको प्रदेशसभा बैठकमा सो नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।

नामकरणका निम्ति प्रदेशसभामा नेकपा एमाले र नेपाली कांग्रेसले दर्ता गराएको ‘कोशी’ नामको प्रस्ताव भने स्वीकृत भएको छ। प्रदेशसभाका बहुमत सांसदहरूको समर्थनमा सो प्रस्ताव छलफलका निम्ति स्वीकृत भएको प्रदेशसभा सचिवालयका प्रवक्ता चन्द्रमणि पोखरेलले बताए। 

उनले हालः उक्त प्रस्तावउपर प्रदेशसभा बैठकमा छलफल भइरहेको जानकारी दिए। उनले भने, ‘नाममाथिको छलफल सकिएपछि मत विभाजन हुन्छ। मत विभाजनमा प्रदेशसभाको दुई तिहाइ बहुमतले नाम पारित गरेपछि प्रदेशले नाम पाउँछ।’ प्रदेशसभामा हाल भने ‘कोशी’ नाममाथिको छलफल जारी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.