पाँच वर्षपछि प्रदेश १ को नाम जुर्‍यो 'कोशी'

पाँच वर्षपछि प्रदेश १ को नाम जुर्‍यो 'कोशी'
सुन्नुहोस्

विराटनगर : अंकगणितीय पहिचान बोकेर पहिलो पाँच वर्षे कार्यकाल बिताएको प्रदेश १ को नामकरण गरिएको छ। प्रदेशसभाको बुधबार बसेको बैठकबाट प्रदेश १ को नाम ‘कोशी’ राखिएको हो। 

प्रदेशसभामा कोशी नाममाथि भएको मतविभाजनमा बहुमत सांसदहरूको मत खसेपछि ६३ महिनामा प्रदेश १ ले बल्ल नाम पाएको हो। मत विभाजनका क्रममा सहभागी ८६ जना सांसदमध्ये ८२ जनाले कोशी नामको पक्षमा मत दिएका छन्। 

प्राप्त मतपरिणामका आधारमा सभामुख बाबुराम गौतमले कोशी नामको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे। सभामुख गौतमका अनुसार कोशी नामको विपक्षमा ४ मत खसेको छ। ६ जना सांसद भने अनुपस्थित रहेको उनले जानकारी दिए।

नामकरणका लागि प्रदेशसभा सचिवालयमा दर्ता गराइएको ‘कोशी’ नामको प्रस्ताव बहुमतले स्वीकृत भएपछि सो नाम उपरको छलफल सुरु भएको थियो। नामकरणका लागि प्रदेशसभामा नेकपा एमाले र नेपाली कांग्रेसले ‘कोशी’ नामको प्रस्ताव दर्ता गराएका थिए। छलफलमा सांसदहरुले कोशीले विभिन्न जातिजाति, धर्म-संस्कृति, भौगोलिक विविधता र ऐतिहासिकता लगायतका विषयलाई समेटेको बताए। प्रदेश १ का लागि कोशी नाम नै उपयुक्त रहेको भनीहरुले स्पष्ट पारे।

प्रदेश १ को नामकरणका लागि प्रदेशसभा सचिवालयमा ‘किराँत-लिम्बुवान-सगरमाथा’ नामको प्रस्ताव पनि दर्ता गराइएको थियो। तर, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले दर्ता गराएको उक्त नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। उक्त प्रस्ताव अस्वीकृत भएसँगै प्रदेशसभामा मतविभाजनको प्रक्रिया सुरु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.