अब बन्ने राष्ट्रपतिलाई विगतको जस्तो गल्ती गर्ने छुट छैन : गगन थापा

अब बन्ने राष्ट्रपतिलाई विगतको जस्तो गल्ती गर्ने छुट छैन : गगन थापा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब बन्ने राष्ट्रपतिलाई विगतको जस्तो गल्ती गर्ने छुट नभएको बताएका छन्। 

आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ दलले शुक्रबार काठमाडौंमा गरेको बागमती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रममा थापाले विगतमा राष्ट्रपतिको संस्थाबाट धेरै त्रुटी भएको भन्दै अबको राष्ट्रपतिलाई गल्ती गर्ने छुट नभएको बताएका हुन्।

उनले एउटा व्यक्तिका कारण गत पाँच वर्ष खेर गएको भन्दै अबको समयमा जनतामा आशा सञ्चार गर्ने काम गर्नुपर्ने धारणा राखे। 

उनले जनताका लागि परिणाममूखी काम गर्न सके गठबन्धनले औचित्य पुष्टि गर्नै नपर्ने बताए। 

थापाले अब बन्ने राष्ट्रपति दलको प्रतिनिधि हुन नसक्ने जिकिर गरे। त्यस्तै थापाले अहिले प्रचण्ड, माधव नेपाल लगायतका शीर्ष नेतामा पदको लोभ नभएकै कारण नयाँ गठबन्धन बन्न सकेको जिकिर गरे। 

कार्यक्रममा अन्य दलका प्रतिनिधिहरूले आठ दलिय गठबन्धनबाट अघि सारिएका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई अत्यधिक मतका साथ विजयी गराउनुपर्ने बताएका थिए। 

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरू रहेको ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको थियो। 

संयन्त्रको निर्णयबमोजिम शुक्रबार बागमती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेशसभा सदस्यका अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.