ओखलढुंगामा बोलेरो दुर्घटना : मृतकको पहिचान खुल्यो

घाइतेलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइयो

ओखलढुंगामा बोलेरो दुर्घटना : मृतकको पहिचान खुल्यो

घाइतेलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइयो
दुर्घटनाग्रस्त बोलेरो। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

ओखलढुंगाः चिशंखुगढी गाउँपालिका वडा ३ स्थित दियालेमा भएको दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ। दियालेका ५२ वर्षीय मिनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो। दुर्घटनामा  १२ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जना गम्भीर छन्। 

 घाइते ४ जनालाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ।

२५ वर्षीय चालक सुमन कार्की,चिशंखुगढी ३ का ४० वर्षीय केन्द्र बहादुर कार्की र सोही ठाउँकी २६ की सर्मिला श्रेष्ठ,चिशंखुगढी गाउँपालिका १ का खेम बहादुर खत्रीलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको हो । उनीहरूको अनुहार तथा टाउकोमा गम्भीर चोट लागेको छ । 

यस्तै गम्भीर घाइते चिशंखुगढि गाउँपालिका- २ का तिलकुमारी श्रेष्ठलगायतलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी डीएपी दिपक केशीले जानकारी दिए । 

अन्य घाइतेलाई मिसन अस्पताल ओखलढुंगा लगिएको छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.