महिलामा असाधारण क्षमता

महिलामा असाधारण क्षमता

धेरै महिलामा कुनै न कुनै किसिमको असाधारण क्षमता छ,केही अपवादबाहेक। जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि पारिवारिक जिम्मेवारी निर्वाह गर्ने महिलाहरू पनि छन्। नारी दिवसले महिलाहरूका विकासमा भएका योगदान र चुनौतीको समीक्षा गर्छ। मान्छेभित्र समानता भए पनि असमानता र गरिबीले विभेद गरेको छ। लेखक, पत्रकार र ब्युटिसियन, कलाकार, गीतकार, समाजसेवी, विभिन्न पेसा र उमेरका महिलाको तौरतरिका, समर्पणबारे लेखिएको ‘टु हन्ड्रेड विमन अफ दि वल्र्ड’ नामक पुस्तकमा पनि यही कुरा छ।

यो दिवस किन मनाउन पर्‍यो भन्नेहरू पनि धेरै छन्। किनभने आमनेपाली महिला यस दिवसको सार्थकता देख्दैनन्। अवलोकन र अध्ययनहरूका आधारमा सबैबाट आएको समस्याका रूपमा देखिएको विषय गरिबी र असमानता रहेछ। विश्वमा यी कुराले समस्या निम्त्याएको कुरा पत्ता लागेको छ। महिलाहरूले अत्यधिक कामको बोझ उठाएर समाज र घरलाई बचाएका विषयका पुस्तकहरू पनि छन्। बालविवाह, पढ्न नपाउनु, हिंसाको सिकार हुनु पनि ठूला समस्या हुन्। समग्र समाजमा र अर्थतन्त्रमा देखा परेका चुनौतीबीच महिलाको आर्थिक–सामाजिक विकासका कुरा गर्न सहज छैन। साना कर्जा कार्यक्रम र सहकारीका विकासका कारण कतिपय महिलाहरू लाभान्वित भएका छन् भने केही लघुवित्तहरूका नकारात्मक प्रभाव पनि छापाहरूमा आउन थालेका छन्। आम महिला विभिन्न समूह र सहकारीहरूमा आबद्ध भएर आफ्ना आर्थिक सामाजिक आवश्यकता पूरा गर्न संघर्षशील छन्।

वास्तवमा आम नेपाली महिलाको परिवार, समाज निर्माण र आर्थिक पक्षमा योगदान छ। यही सकारात्मक प्रभाव बाहिर ल्याउने दिन हो, नारी दिवस। यस दिवसले महिलाहरूको राजनीतिक, सामाजिक र आर्थिक विकासबारे चर्चा गर्छ। यस किसिमको चर्चा गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा हेर्नुपर्ने हुन्छ। अर्को कुरा महिलाहरूको अवनति वा पछि परेका कारण स्रोतसाधनमा पहुँच सीमित छ भन्ने विषय अध्ययनहरूले पुष्टि गरेको छ। आजभोलि प्रविधिको युगमा डिजिटल अन्वेषणमा पनि महिलाको पहँुच कम भएका नयाँ विषयलाई पनि संयुक्त राष्ट्रसंघले आंैल्याएको छ। आर्थिक कार्यक्रमहरूका थालनीलाई हेर्दा सर्वप्रथम साना किसान कार्यक्रमले महिलालाई पनि समूह जमानीमा ऋण लिने कार्य शुभारम्भ भयो।

सन् १९७० को दशकमा विश्वव्यापी रूपमै महिलालाई विकासमा संलग्न गर्ने नीति रहेको थियो। ‘आर्थिक विकासमा महिलाहरूको भूमिका’ नामक इस्टर वुसरप जो डेनिस अर्थशास्त्री हुन् उनले निर्वाहमुखी अर्थतन्त्रमा उत्पादनमा महिलाको भूमिका धेरै नै भएको तर उनीहरूको काम गणनामा नपरेको विषय बाहिर ल्याइन्। हाम्रो अर्थतन्त्रमा पनि महिलाको योगदान पहिचान गर्न जनगणनामा महिलाको कामबारे औपचारिक रूपमा समावेशको प्रयास गरियो। महिलाहरूले केयर इकोनमीजस्तो घरको काम, बालबच्चा परिवारको स्याहार सम्भार र कृषि कार्यक्रम गर्ने कामहरू गणनामा पर्ने नभएकाले उनीहरूको काम अदृश्य रहने गथ्र्यो। यी विषयहरू चर्चामा ल्याउन थालियो।

नेपाली महिलाहरूको ठूलो हिस्सा साना किसान छन्। किसानभन्दा आजभोलि पुरुषमात्र पर्दैनन्। किनभने पुरुषहरू मात्र किसानका रूपमा गणनामा पर्थे। आजभोलि युवाहरू रोजगारीका लागि बिदेसिएका हँुदा महिलाहरू खेतबारीमा देखिन्छन्। नेपालमा साना किसानहरूको जीवनस्तरमा सुधार ल्याउन सन् १९७० को दशकमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र विश्व खाद्य तथा कृषि संगठनको संयुक्त तत्वावधानमा एसियाका नौवटा देशहरूमा नेपाल, भारत, बंगलादेश, इन्डोनेसिया, लाओस, श्रीलंका, थाइल्यान्ड, दक्षिण कोरिया र फिलिपिन्सको सर्वेक्षण गरी ‘साना किसान विकास कार्यक्रम’ सञ्चालन गर्ने सुझाव पेस भयो। २०३२ सालदेखि नेपालमा कृषि विकास बैंकले खाद्य तथा कृषि संगठनको सहयोगमा तराईको धनुषा र पहाडी भेगको नुवाकोट जिल्लामा ‘साना किसान विकास आयोजना’ लागू भयो। साना किसान समूहमार्फत ऋण प्रवाह गर्दा महिलाहरूलाई पनि समूहमा ऋण दिने क्रमको सुरुआत भयो।

यसपछि महिला दशकका सन्दर्भमा ग्रामीण अर्थ व्यवस्थामा महिलाको सहभागिता र देनबारे तथ्यांक लिने सम्बन्धमा नेपालका आठवटा गाउँमा आठ विभिन्न जातिका महिला समुदायबारे महिलाको स्तर विषयमा तीनवर्षे अध्ययन गरिएको थियो। त्यही अध्ययनको सुझावअनुरूप ग्रामीण महिलाहरूका लागि उत्पादन ऋण व्यवस्था कार्यक्रम तत्कालीन महिला विकास शाखाले २०३९ सालमा सञ्चालन गर्‍यो। यो अध्ययनको अगुवाइ डा. मीना आचार्य, डा. वीना प्रधान, लिन बेनेट आदि महिलाले गरेका थिए। यस कार्यक्रमअन्तर्गत विभिन्न बैंकहरूसँग समन्वय गरी ग्रामीण महिलालाई सामूहिक जमानीमा बिनाधितो ऋण उपलव्ध गराउन थालियो। यही कार्यक्रम तत्कालीन स्थानीय विकास मन्त्रालयबाट सुरु भएता पनि हाल नेपाल सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित छ।

चौथो महिला विश्व सम्मेलन सन् १९९५ मा गरेका प्रतिबद्धताहरू कार्यान्वयन गर्न महिला मन्त्रालयको स्थापना भयो। मैदानमा कार्यक्रमको आवश्यकता भयो। ती कार्यक्रमहरू सञ्चालन त्यस समयमा सञ्चालन गर्ने तत्कालीन कर्मचारीहरूका हिम्मत भएन र स्थानीय विकास मन्त्रालयअन्तर्गत सञ्चालित महिला विकास कार्यक्रमलाई ल्याएर महिलाका लागि काम गरेको सजावट गरियो। महिलाहरूभन्दा पनि वर्गीय विभाजन छ। धनी, गरिब र मध्यम वर्गीय महिला छन्, जसलाई समान रूपमा हेर्न सकिँदैन। वर्गीकरण गरेर हेर्नुपर्ने हुन्छ। त्यसकारण कार्यक्रमहरू पनि आम महिलाका पहुँचमा हुन आवश्यक छ। अन्तर्राष्ट्रिय तहमा महिलाहरूका पहँुच इन्टरनेटका विषय चर्चामा छन् भने नेपाली महिलाका हातहातमा मोबाइल फोन पुगेको छ। यसबाट पाउने सूचनामा पनि उनीहरूलाई ज्ञान आवश्यक भएको छ। महिलाका विकासका लागि शिक्षा, स्वास्थ्य, आर्थिक अवसरजस्ता सेवाहरू सबै आवश्यक हुन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.