३६ सहकारीसँग पालिकाले माग्यो कागजात

३६ सहकारीसँग पालिकाले माग्यो कागजात
सुन्नुहोस्

धनकुटा : धनकुटा नगरपालिकाले ३६ सहकारीलाई आवश्यक कागजात बुझाउन भन्दै सार्वजनिक सूचना प्रकाशित गरेको छ। विगत तीन वर्षदेखि लेखापरीक्षण प्रतिवेदन नबुझाएका र साधारणसभासम्बन्धी जानकारी नदिएका सहकारीलाई नगरले कागजात मागेको हो।

नगरपालिकाअन्तर्गतको आर्थिक विकास शाखामा ७६ सहकारी संस्था दर्ता छन्। तीमध्ये ३६ सहकारीले तीन वर्षभन्दा बढी अवधिदेखि विवरण नबुझाएको आर्थिक शाखा अधिकृत विकास अधिकारीले बताए। धनकुटा नगरपालिकाले एक महिनाभित्र आवश्यक कागजात पेस गर्न भनेको छ।

उनका अनुसार विवरण नबुझाउने सहकारीलाई नगरपालिकाको सहकारी ऐनको दफा ६६ को उपदफा (३) बमोजिम संस्था दर्ता खारेजीको आवश्यक प्रक्रियामा लगिनेछ। नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा २८ को उपदफा (२) बमोजिम सहकारी संस्थाको साधारणसभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना अर्थात् पुस मसान्तभित्र बोलाउनु पर्नेछ। त्यस्तै सोही ऐनको दफा ५२ को उपदफा (१) बमोजिम आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र अर्थात् असोज मसान्तभित्र संस्थाको कारोबारलाई लेखापरीक्षण गराई सोको प्रतिवेदनलगायतका कागजात कार्यालयमा पेस गर्नुपर्ने ऐनमा प्रावधान रहेको छ।

विवरण नबुझाउने ३६ सहकारीमा बचत तथा ऋण ९, बहुउद्देश्यीय १, दुग्घ उत्पादक ५, उपभोक्ता ४, कृषि १२, चिया उत्पादक २, विद्युत् १, खेलकुद १, र बंगुरपालनका १ वटा रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.