उपमेयर महिला फुटबलः उपाधिका लागि फुङलिङ र आठराई त्रिवेणी भिड्ने

उपमेयर महिला फुटबलः उपाधिका लागि फुङलिङ र आठराई त्रिवेणी भिड्ने
सुन्नुहोस्

ताप्लेजुङ : ताप्लेजुङमा जारी उपमेयर कप महिला फुटबलको उपाधिका लागि फुङ्लिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिका भिड्ने भएका छन्। 

मंगलबार सम्पन्न सेमिफाइनल चरणको खेलमा मेरिङदेनलाई ट्राईबेकरमा ५-४ गोलअन्तरले पराजित गर्दै फुङलिङ फाइनलमा प्रवेश गरेको हो। 

निर्धारित समयमा एक एक को बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो। यता सिरीजंघालाई ५-१ गोलको नतिजामा पराजित गर्दै आठराई त्रिवेणी फाइनलमा पुग्यो। 

फाइनल खेल बुधबार नारी दिवसका अवसरमा सदरमुकामस्थित भानुजन माद्यमिक विद्यालयको खेलमैदानमा हुने आयोजकले जनाएको छ। 

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजारसहित ३ वर्षे रनिङ कप र प्रमाणपत्र पाउने छ भने उपविजेताले नगद ५५ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाण पत्र पाउने छ।

रनिङ कप १ सय तोला चाँदी र आधा तोला सुन जडित हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विभिन्न सातवटा विधामा उत्कृष्ट हुनेलाई नगद, ट्रफी र मेडल दिइने जनाईएको छ। 

महिलालाई समाजमा थप सशक्त बनाउन खेल क्षेत्रमा उनिहरुको सहभागिता वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझाले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.