एमाले अध्यक्ष ओलीले दिए नेपालका परिवारलाई समवेदना

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समवेदना दिएका छन्। नेपालका भाइ एवम् समाजवादी पार्टीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएपछि नेपालका परिवारलाई समवेदना दिन बुधबार शंखमूलस्थित किरियापुत्री भवनमा पुगेका हुन्।
शनिबार शंखमूलस्थित एक क्याफेबाट खसेर उपाध्याय गम्भीर घाइते भएका थिए। छतबाट खसेर गम्भीर बनेका उपाध्यायलाई घटनास्थलबाट उद्धार गरी नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको थियो।
सिभिल अस्पतालबाट उनलाई थप उपचारका लागि माइतिघर मण्डलास्थित अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइएको थियो। अन्नपूर्ण न्यूरोमा उपचारका क्रममा उपाध्यायको निधन भएको हो। पेशाले इन्जिनियर उपाध्यय केही समय अघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
