पर्ल्स प्रणाली कार्यान्वयन गर्ने प्रतिबद्धता

पर्ल्स प्रणाली कार्यान्वयन गर्ने प्रतिबद्धता
सुन्नुहोस्

सहकारीमा श्रम ऐनले तोकेका सेवासुविधा तथा सुरक्षाका न्यूनतम सर्त पालन गराउने र जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन नेफ्स्कुन साकोस म्यानेजर्स क्लबको सहभागितामा कार्यशाला आयोजना गर्ने उल्लेख छ।

काठमाडौं : बचत तथा ऋण सहकारी संस्थाले पर्ल्स प्रणाली कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को आयोजनामा भएको साकोस सीइओ वर्कसपले १२ बुँदे घोषणापत्र जारी गर्दै सुरक्षित साकोस निर्माण गर्न पर्ल्स कार्यान्वयन गर्ने भएका हुन्। 

कोभिड-१९ ले अर्थतन्त्र तथा सहकारीमा परेको प्रभावबाट सदस्य र संस्थाको संरक्षणका लागि संस्थाको आकार, संरचना र योजनाको समीक्षा गर्दै सन्तुलन कायम गर्न उक्त प्रणाली अवलम्बन गर्नुपर्ने उल्लेख छ। 

बचत तथा ऋण सहकारीको छवि संरक्षण र प्रविधि हस्तान्तरणका लागि विकास भएका स्तरीकरण (एक्सेस, प्रोवेसन तथा कब्रस), संस्थागत विकास र सुदृढीकरण गर्ने प्रतिबद्धता जनाइएको छ।

बचत तथा ऋण सहकारीको सेवा स्तरीकरण, संस्थागत दिगोपना र अलग्गै पहिचानका लागि नीतिगत वातावरण तयार गर्न बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि ऐक्यबद्धता र आवश्यक पैरवी गर्ने जनाइएको छ। 

सदस्य संघ संस्थालाई जारी गरिएको एकीकृत स्वनियमन मार्गनिर्देशन पालन गर्ने, साकोस सुरक्षाका लागि जागरण अभियान सञ्चालन गर्ने उल्लेख छ। 

सहकारीमा श्रम ऐनले तोकेका सेवासुविधा तथा सुरक्षाका न्यूनतम सर्त पालन गराउने र जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन नेफ्स्कुन साकोस म्यानेजर्स क्लबको सहभागितामा कार्यशाला आयोजना गर्ने उल्लेख छ।

कोपोमिस, गोएएमएल पूर्णरूपमा कार्यान्वयन गर्ने र त्यसका लागि नेफस्कुनबाट सहजीकरण गर्ने, बाह्य तथा आन्तरिक रूपमा देखा पर्ने जोखिमको व्यवस्थापन गर्न संस्थागत पुँजी कम्तीमा पाँच प्रतिशत कायम गर्ने प्रतिबद्धता जनाइएको छ। 

स्थिरीकरण कोषमा आबद्ध भई नियमित जोखिम सुपरिवेक्षण गर्ने र व्यवस्थापनमा सुरक्षाको सिद्धान्त कार्यान्वयन गर्ने जनाइएको छ। 

सहकारीमा प्रविधि विकासमा योगदान गर्ने र उपलब्ध भएसम्म सञ्जालको साझा प्रविधिको उपयोग गर्ने उल्लेख छ। उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँच करोड रुपैयाँभन्दा माथि कारोबार गर्ने सबैले अनिवार्य व्यवसाय विकास सेवा कक्ष स्थापना र जनशक्ति व्यवस्थापनमार्फत सदस्यलाई व्यवसाय विकास सेवा उपलब्ध गराउने साझा संकल्पमा उल्लेख छ। 

साकोस एकरूपता प्रणाली कार्यान्वयन गर्न नेफ्स्कुनले तय गरेको ढाँचामा उपलब्ध गराउने जनाइएको छ। फागुन २४ र २५ गते भएको वर्कसपको प्रतिबद्धता संघसंस्थामा नीतिगत व्यवस्था गरी कार्यान्वयन गर्न सबै सहमत भएका छन्। 

प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन भन्ने सोचका साथ गोष्ठी सकिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र नेफ्स्कुनको संयुक्त आयोजना तथा नेफ्स्कुन साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा साकोस व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठी भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.