मोटरसाइल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइल दुर्घटनामा चालकको मृत्यु
सुन्नुहोस्

काठमाडौं : काठमाडौंको घण्टाघरमा शुक्रबार बिहान पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। पैदलयात्रु घाइते भएका छन्। 

मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका-११ घर भई हाल काठमाडौं बस्ने २३ वर्षीय सुजल छावुहाङ राई मृत्यु भएको हो। 

राईको उपचारका क्रममा बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो। बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएर पल्टिएको थियो। 

घाइते भएका पैदलयात्रु काठमाडौंको नैकाप बस्ने ५८ वर्षीय अशोक कुमार महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.