सिजनको सुरुमै बढे पर्यटक

सिजनको सुरुमै बढे पर्यटक
मनास्लु क्षेत्रमा पदयात्रा गर्दै विदेशी पर्यटक। शिव उप्रेती
सुन्नुहोस्

गोरखा : वसन्त यामको पर्यटक सिजन सुरु हुनेबित्तिकै उत्तरी गोरखामा पर्यटकको आवागमन बढेको छ। मनास्लु क्षेत्र र चुम उपत्यका पदमार्ग पर्यटकले भरिभराउ हुन थालेका हुन्। 

केही दिन पहिलेदेखि पर्यटकको आउजाउ बढेको जगतका होटल व्यवसायी गणेश कार्कीले बताए। ‘यो वर्ष त सिजनको सुरुमै होटल भरिन थालेको छ,’ व्यवसायी कार्कीले भने। कोभिड र डेंगुका कारण विगतका ३–४ वर्ष व्यवसाय नभएर चिन्तित व्यवसायी अहिले खुसी भएको उनले सुनाए।

पर्यटकको तथ्यांक अध्यावधिक गर्ने सरकारी संस्था मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार एक सातायता ९३ विदेशी पर्यटक भित्रिएका छन्। ‘विदेशी महिला पर्यटक ३४ र पुरुष पर्यटक ५९ जनाले हाम्रो चेक प्वाइन्टमा इन्ट्री गरेका छन्। यो संख्या गत वर्षहरूको भन्दा धेरै हो’, एमक्याप सिर्दिबास कार्यालय प्रमुख अजित तुम्बाहाम्फेले भने, ‘कुनै अप्रिय घटना नभए यसवर्ष मनास्लु क्षेत्रमा अत्यधिक पर्यटक आउने सम्भावना छ।’ मनास्लु क्षेत्रमा पर्यटक आउने दर बर्सेनि बढिरहेको उनको भनाइ छ। यस वर्ष चुम उपत्यकामा अहिंसा शताब्दी महोत्सव मनाइँदैछ। यहाँ आन्तरिक र बाह्य पर्यटकको संख्या झनै बढ्ने चुमनुब्री गाउँपालिकाका प्रमुख निमा लामा बताउँछन्। यहाँ रहेको ८ हजार १ एक ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि चार जनाले अनुमति लिइसकेका छन्। 

वसन्त ऋतुमा नेपालका आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्नका लागि हालसम्म १५ जनाले अनुमति लिइसकेका छन्। तीमध्ये चार जनाले मनास्लु आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ।

मनास्लु क्षेत्रमा ५ हजार १ एक १० मिटर अग्लो लार्केपास, मनास्लु आरोहण, मनास्लु बेसक्याम्प तथा वीरेन्द्रताल अवलोकनका लागि पर्यटक आउने गरेका छन्। त्यस्तै चुम उपत्यकास्थित चर्चित अहिंसा क्षेत्र, सयौं वर्ष प्राचीन म्हु गुम्बा, राजेन गुम्बा तथा अन्य गुम्बा अवलोकनका लागि पर्यटक आउँछन्। मोटरबाटो नपुगेकाले यस क्षेत्रलाई अझै भर्जिन ट्रेलका रूपमा लिने गरिन्छ। विदेशी पर्यटकले मनास्लु ट्रेकिङमा दुईदेखि तीन साता समय बिताउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.