पर्यटन प्रवर्द्धन गर्न ७७ जिल्लाको पैदलयात्रा
डडेल्धुरा: सुदूरपश्चिमका पर्यटकिय स्थलको प्रचार गर्न एक युवक पैदल यात्रामा निस्किएका छन्। उनले ७७ जिल्लाको पैदल यात्रा गर्नेछन्।
कैलाली गौरीगंगा नगरपालिका-४ का ३७ वर्षीय देवराज उपाध्यायले बुधबारदेखि पैदलयात्रा सुरु गरेका हुन्।
सुदरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्यको उचित प्रचार हुन नसकेको भन्दै उनले पर्यटकीय गन्तव्यमा सरकारको ध्यानाकर्षण गराउने बताए।
सबै जिल्ला घुमेपछि काठमाडौंमा पर्यटनमन्त्रीलाई भेटेर सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय गन्तव्यको विकासमा सहयोग गर्न आग्रह गर्ने बताए।
आफनो यात्रा १० महिनादेखि १ वर्ष सम्मको हुने अनुमान रहेको उनले सुनाए।
प्रतिक्रिया दिनुहोस !