युएइविरुद्ध नेपालको खेल आज, टिकटबाट उठेको पैसा खेलाडी कोषमा जम्मा हुने

युएइविरुद्ध नेपालको खेल आज, टिकटबाट उठेको पैसा खेलाडी कोषमा जम्मा हुने
फाइल तस्बिर।
सुन्नुहोस्

नेपालका लागि यो खेल महत्वपूर्ण रहेको हजारौँ दर्शकको उपस्थिति रहको अनुमान गरिएको छ।

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज हुने नेपाल र युएइबीचको खेलको टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा  गरिने भएको छ।  नेपाल क्रिकेट सङ्घ क्यानले बुधबार टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने घोषणा गरेको हो। 

आर्थिक सहायता आवश्यक परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले कोष बनाइन लागिएको नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताए। नेपाल र युएइसँगको खेलबाट उठेको सबै रकम यो कोषमा जम्मा गर्ने र आउँदा दिनमा पनि यस्तै खालका आम्दानीको स्रोत पहिचान गरेर कोषको आकार बढाइनेछ। 

उनले भने, “कुनै खेलाडी बिरामी तथा अन्य कुनै समस्या परेका खण्डमा उक्त कोषबाट खर्च गर्छौं, यसले खेलाडीलाई समस्या परेका बेला सहायता गर्न सहज हुन्छ।” नेपाल र युएइबीचको खेलको टिकट माइपेबाट अनलाइन किन्दा रु एक सय २० र गेटमा किन्दा रु एक सय ५० मा बेच्ने गरेको छ।

लिग–२ कै अन्तिम तथा महन्वपूर्ण खेलमा नेपालले बिहीबार युएइसँग प्रतिस्पर्धा गर्दैछ। नेपाललाई सोझै विश्वकपको ग्लोबल क्वालिफायर पुग्न उक्त खेल जित्नैपर्ने दबाब छ। नेपालका लागि यो खेल महत्वपूर्ण रहेको हजारौँ दर्शकको उपस्थिति रहको अनुमान गरिएको छ।

अहिलेसम्म १० हजारभन्दा बढी टिकट बिक्री भइसकेको जनाइएको छ। लिग टु मा नेपालको ३५ खेलबाट ३८ अङ्क रहेको छ। भोलिको खेल जिते नेपाल शीर्ष  ३ मा रहँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्नेछ। -रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.