सभा, गोष्ठी र छलफल नगर्न राजनीतिक दललाई आयोगको निर्देशन

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा

सभा, गोष्ठी र छलफल नगर्न राजनीतिक दललाई आयोगको निर्देशन
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौंः भोलि हुन लागेको उपराष्ट्रपति निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले बिहीबार प्रेस वक्तव्य जारी गर्दै भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने जनाएको हो ।

मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू भइसकेकाले उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार नगर्न राजनीतिक दललाई आयोगले निर्देशन दिएको हो।

आयोगका प्रवक्ता शालीग्राम पौडेलले जारी गरेको वक्तव्यमा भनिएको छ,‘यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत सोसँग सम्बन्धित कुनै पनि प्रकारका बैठक, छलफल, अन्तरकृया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न,उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न राजनीतिक दलहरूको बैठकबाट उम्मेदवारहरूलाई मत दिने वा नदिने निर्णय गर्न सञ्चारमाध्यमबाट जीत / हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरू पालना गर्न गराउन सम्बन्धित उम्मेदवार, उम्मेदवारका प्रतिनिधि,राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोग पुनः आग्रह गर्दछ ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.