आलु उत्पादन बढाउन कृषि पाठशाला

आलु उत्पादन बढाउन कृषि पाठशाला
सुन्नुहोस्

बाजुरा: बडिमालिका नगरपालिका ७ ढम्कनेलाई बाजुराको आलुको राजधानी भनेर चिनिन्छ। ढम्कने गाउँमा १ सय बढी घर परिवार छन्। ती सबैको आम्दानीको मुख्य स्रोत आलु हो।

 
जिल्लाका उत्तरी क्षेत्रका बुढिनन्दा नगरपालिका, स्वामीकार्तिक खपर, जगन्नाथ र हिमाली गाउँपालिका लगाएत कर्णाली प्रदेशका हुम्ला, मुगु र कालीकोट जिल्लाका केही स्थानीय तहको आवत जावत गर्ने मुख्य बाटोमा पर्ने ढम्कने गाउँका स्थानीय पुर्खौदेखि बटुवालाई आलुका परिकार बेचेर आन्दानीको स्रोत बनाई रहेका थिए।

null
 
पछिल्लो समय सडक यातायातले आवत जावत गर्ने गाडीमा जान थालेपछि आलु बजारीकरणमा समस्या हुने गरेको किसान खडक धामीले बताए। पुरानो परम्परागत शैलीले आलु रोप्दा सोचेजस्तो नफल्ने भएकाले बजारीकरण गर्न पनि समस्य हुने गरेको र उत्पादन र मेहनत अनुसारको आम्दानी नहुने धामीले बताए।
 
बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायका अनुसार ढक्कनेका स्थानीयलाई आलुमा आत्मनिर्भर बनाउन कृर्षि पाठशाला संचालन गरिएको हो। 

पाठशालामा आलुको जात पहिचान गर्ने र विउ प्रमाणीकरणका लागि आलुको अनुसन्धान, आलु बालिमा लाग्ने रोग किराको व्यवस्थापन र कम्पोष्ट मल बनाउने तरिकालगायतको सकाइ गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.