स्ववियु निर्वाचन : मकवानपुरका ७ क्याम्पसमा मतदान जारी

स्ववियु निर्वाचन : मकवानपुरका ७ क्याम्पसमा मतदान जारी
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

हेटौडा : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत मकवानपुरका ७ वटा कलेजमा अहिले मतदान जारी रहेको छ । मतदान बिहान ८ बजेबाट सुरू भएको हो। जिल्लाका ८ वटा क्याम्पसमध्ये थाहा नगरपालिकास्थित पालुङ बहुमुखी क्याम्पसमा भने सहमतिबाटै स्ववियुको नयाँ कार्यसमिति चयन भइसकेको छ । 

सो क्याम्पसमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पुष्कर श्रेष्ठको नेतृत्वमा सबै पदाधिकारी र सदस्यहरू सर्वसम्मत  चयन गरिएको हो । बाँकी ७ क्याम्पसमा  मतदान भइरहेको हो । 
जिल्लाको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, जनप्रिय बहुमुखी क्याम्पस, वंशगोपाल बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र मनहरी बहुमुखी क्याम्पसमा निर्वाचन प्रक्रियाबाट स्ववियु कार्यसमिति चयन गर्न लागिएको हो । 

निर्वाचनमा नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसं एउटा प्यानलमा छन् भने नेकपा एमाले निकट अनेरास्ववियु,नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) अर्को प्यानलमा छन् । 

मतदान दिउँसो ४ बजेसम्म हुने जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.