अस्ट्रेलियासँग १० विकेटले हार्‍यो भारत

अस्ट्रेलियासँग १० विकेटले हार्‍यो भारत
सुन्नुहोस्

भिसाकापट्नम : मिचेल स्टार्कको पाँच विकेट तथा ट्राभिस हेड र मिचेल मार्सको विस्फोटक अर्धशतकप्रेरित अस्ट्रेलियाले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा भारतलाई १० विकेटले पराजित गरेको छ। भिसाकापट्नममा टस हारेर ब्याटिङ थालेको भारत २६ ओभरमा सबै विकेट गुमाएर एक सय १७ रनमा सीमित भएको थियो।

दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले ११ ओभरमा विकेट नगुमाई लक्ष्य पूरा गर्यो।

अस्ट्रेलियाका लागि ओपनिङमा उत्रिएका ट्राभिसले ३० बलमा १० चौकासहित अविजित ५१ रन रन बनाए। अर्का ओपनर मार्स ३६ बलमा ६ चौका र ६ छक्कासहित ६६ रन बनाएर अविजित रहे।

आक्रामक शैलीमा ब्याटिङ गरेका अस्ट्रेलियन ब्याटरसामू भारतका कुनै बलरले विकेट लिन सकेनन्।

पहिलो इनिङमा भारतका लागि विराट कोहलीले ३१ तथा अक्षर पटेलले अविजित २९ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्।

बलिङतर्फ स्टार्कले आठ ओभरमा ५३ रन खर्चेर एक मेडनसहित पाँच विकेट लिए। सिन अबोटले ६ ओभरमा २३ रन खर्चेर तीन तथा नाथान एलिसले पाँच ओभरमा दुई विकेट लिए।

जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा बराबरी गरेको छ। यसअघि शुक्रबार भएको एकदिवसीयमा भारतले पाँच विकेटको जित निकालेको थियो।

निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय आगामी बुधबार चेन्नईमा हुनेछ। जितसँगै भारतलाई १० विकेटले दुई पटक पराजित गर्ने पहिलो टिम अस्ट्रेलिया बनेको छ। यसअघि २०२० मा वाङ्खडे स्टेडियममा भारत अस्ट्रेलियासँग १० विकेटले हारेको थियो। त्यसबेला भारतले दिएको दुई सय ५६ रनको योगफल ३८ ओभरमा पूरा गरेको थियो। 

त्यो खेलमा अस्ट्रेलियाका दुवै ओपनर एरोन फिन्च र डेविड वार्नरले अविजित शतकीय इनिङ खेलेका थिए। त्यो खेलमा पनि स्टार्कले तीन विकेट लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.