प्रहरीलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

प्रहरीलाई दुर्व्यवहार गर्ने चालक पक्राउ
सुन्नुहोस्

नुवाकोट : प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना चालक पक्राउ परेका छन्। 

वीरगन्ज–गल्छी–देवीघाट–विदुर सडकमार्ग अन्तर्गत बिदुर नगरपालिका-४ बट्टारबजारमा प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा तनहुँको ब्यास नगरपालिका-१ का २९ वर्षीय बलबहादुर नेपाली पक्राउ परेका हुन्। 

नारायणगढबाट यात्रु बोकेर देवीघाट हुँदै  त्रिशूलीतर्फ जाँदै गरेको बा४ख ८९१९ नम्बरको बस रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा चालकले दुर्व्यवहार गरेको प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भई रहेको उनले बताए। 

उनका अनुसार चालक नेपालीले मादक पदार्थ सेवन गरेको पाइएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.