आगलागीबाट घर जलेर नष्ट
![आगलागीबाट घर जलेर नष्ट](https://annapurnapost.prixacdn.net/media/albums/fire-final_20220523180725_x3CmPqNDDr.jpeg)
नुवाकोट : नुवाकोटको ककनी गाउँपालिका-२ स्थित गणेशस्थानमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ।
पशुचौपायालाई कुडो बनाउने क्रममा फैलिएको आगोबाट घरमा रहेको खाना पकाउने ग्यास समेत पड्किएर आगलागी भएको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए। उनका अनुसार पञ्चनारायण मानन्धरको घरमा आगलागी भएको हो।
आगलागीको कारण घरमा रहेको नगद सहित सबै सामान जलेर नष्ट भएको छ। गाउँपालिकामा हालसम्म बारुण यन्त्र नहुदा आगो नियन्त्रणमा लिन नसकिएको समेत अध्यक्ष तामाङको भनाइ छ।
पीडित परिवारलाई तत्कालका लागि खाने बस्ने व्यवस्था मिलाउन गाउँपालिकाले राहात उपलब्ध गराएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)