प्रधानमन्त्री डराउनुपर्ने अवस्था आएको छ : गगन थापा
काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा निरासा छाएको बताएका छन् । सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले सरकारले सोचेजस्तो काम नगर्दा जनता निरासा छाएको बताए।
प्रधानमन्त्री सचेत भए मात्रै जनतामा देखिएको निराशा कम गर्न सकिने थापाको भनाइ छ ।
थापाले भने,‘मैले प्रधानमन्त्रीलाई पटक पटक भन्ने गरेको छु । नागरिकलाई नतर्साउनुस् । तर, प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने अवस्था आएको छ । कम्तीमा दिनमा आधा घण्टा समय निकाल्नुस्। भेटघाट बन्द गर्नुस् र एकपटक सोच्नुस् । आफूसँग भएको एकएक सेकेन्डको कसरी प्रयोग गर्ने भनेर डराउनुस् ।’
प्रधानमन्त्रीले अनावश्यक भेटघाटलाई बन्द गर्नुपर्ने र आफूसँग भएको एकएक क्षणको समयको प्रयोग गर्नुपर्ने बेला आएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !