लागुऔषधसहित धरानबाट दुई पक्राउ

धरान : सशस्त्र प्रहरीले धरानबाट आइतबार प्रतिबन्धित लागुऔषधसहित दुईजनालाइ पक्राउ गरेको छ । सशस्त्र प्रहरीको टोलीले बगरकोटबाट दुईजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १५ का ३० वर्षीय सागर राई र १७ वर्षीय सबिन तामङ रहेको सशत्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प धरानका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले बताए ।
धरान लागुऔषध कारोबारको अखडा बनेपछि सशस्त्र प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ गर्न विशेष टोलि परिचालन गरिएको सप्रनाउ रिजालले बताए।
प्रतिक्रिया दिनुहोस !
