थारु आयोगले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन
हेटौंडा : थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगको वार्षिक प्रतिवेदन बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष बुझाएका छन्।
आइतबार अध्यक्ष चौधरीले प्रदेश प्रमुख शर्मासमक्ष नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार आयोगले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन गरेको काम कारबाहीसमेत समेटेर तयार गरिएको चौथो वार्षिक प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख शर्माले विभिन्न समुदायको हित तथा प्रर्वद्धनका सन्दर्भमा आयोग गठन गरी काम गर्नु राज्यपक्षको सराहनीय कार्य भएको बताए।
राज्यको पहलकदमी सकारात्मक रहेको र आगामी दिनमा आयोगमार्फत् थारु समुदायको उत्थानका लागि काम गर्न आफ्नो पहलकदमी हुने प्रतिवद्धता व्यक्त गरे।
सो अवसरमा आयोगका अध्यक्ष चौधरीले मुलुकमा विभिन्न पहिचान बोकेका समुदाय रहेको र ती समुदायको प्रवर्द्धनका लागि राज्य अझै जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे।
प्रतिवेदनमा थारु समुदायका समस्या, उत्थानको क्षेत्रमा देखिएका चुनौती, सम्पादन गरेका काम कारबाहीलगायत विषय समावेश रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !