घरमा आगलागी हुँदा ६ लाख बढीको क्षति

घरमा आगलागी हुँदा ६ लाख बढीको क्षति
सुन्नुहोस्

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका-२ थाम्बुतेप्चे डाँडामा आइतबार दिउँसो आगलागी हुँदा ६ लाख बढीको क्षति भएको छ। 

६ वर्षीय बालक अमर बिकले लाइटर खेलाउने क्रममा आगो सल्किँदा स्थानीय गोपाल बिकको घर पूर्ण रूपले क्षति भएको हो। 

आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन र सातवटा कुखुरा जल्दा ६ लाख ३८ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश पोदारले जानकारी दिए। 

आगो स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय भुट्टारबाट खटिएको टोलीले तीन घण्टापछि नियन्त्रणमा लिएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.