माओवादीलाई इंगित गर्दै ओलीले भने- एमालेसँग बहुमत नभएपछि 'बानर'हरूलाई पनि सँगै लिएर जान खोजेको थिएँ...

माओवादीलाई इंगित गर्दै ओलीले भने- एमालेसँग बहुमत नभएपछि 'बानर'हरूलाई पनि सँगै लिएर जान खोजेको थिएँ...
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्माओ ओलीले एमालेसँग बहुमत नभएपछि 'बानर' (बाँदर)हरूलाई पनि सँगै लिएर जान खोजेको स्पष्ट पारेका छन्।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई इंगित गर्दै साथै लिएर जान खोजे पनि अन्तमा बाँदरको हातमा नरिवल भएको बताए।

'हामीसँग बहुमत थिएन। आफूसँग जनता नभएपछि रामचन्द्रले पनि बानर सेना लगेकै हुन्। हामी पनि बानरहरूलाई मिलाएर लैजान खोजेका थियौं। तर बाँदरको हातमा नरिवल न हो,' गुल्मीमा मिशन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै उनले भने। 

उनले अर्को निर्वाचनमा नेकपा एमाले एक्लैलै बहुमत ल्याउनुपर्ने बताए। त्यसका लागि अहिल्यैदेखि गाउँ, टोलीदेखि स्थानीय, प्रदेशमा नेताहरू सक्रिय हुनुपर्ने बताए। उनले पार्टीभित्र खिया लागेको भन्दै धारिलो बनाएर लैजानुपर्ने समेत बताए। 

'पार्टीमा कमरेडहरू खिया लागेको पाइयो। पार्टी भुत्ते भएको पाइयो। धार नभएको। खिया हटाएपछि मात्रै यो काम लाग्ने हुन्छ,' उनले भने। उनले घोडा नकुदाए कुद्न बिर्सिने भन्दै भुत्ते लागेको पार्टीको खियाहरू हटाउनुपर्ने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.