मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता टोली गठन

मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता टोली गठन
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

काठमाडौं : सरकारले मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता टोली गठन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय,गृहमन्त्रालय र कानु मन्त्रालयका प्रतिनिधिसहितको वार्ता टोली गठन गरेका हुन्।

समितिमा गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा,उपसचिव दिलकुमार तामाङ,प्रधाानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर छन्।

मंगलबार बिहान मिटरब्याज पीडितहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार गएका थिए।  बालुवाटार निषेधित क्षेत्रमा पर्ने भन्दै प्रहरीले उनीहरूलाई जान नदिएपछि त्यहीबाट फर्किएका छन्।  

सोही क्रममा गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माको टोलीले पीडितसँग छलफल गर्न खोजेका थिए। तर, पीडितका प्रतिनिधिहरुले भने आफूहरुलाई प्रधानमन्त्रीसँग भेटाइदिन आग्रह गरेकाले प्रधानमन्त्री दाहालले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरेका हुन्।

तराईबाट १२ दिन हिँडेर मिटरब्याजीविरुद्ध न्यायको खोजी गर्दै काठमाडौं आइपुगेका हुन्।  सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायत जिल्लाबाट आएका  करिब सय जना पीडित यसपटक न्याय नपाई नफर्किने अडानमा छन्।

सोमबार धर्नाका लागि पीडितहरूले खुलामञ्च प्रवेश गर्दा काठमाडौं महानगरपालिकाले रोकेपछि उनीहरू खुला आकाशमुनि रात बिताउन बाध्य भए। मिटरब्याजीहरूले उठिबास बनाएको भन्दै उनीहरू हिँडेर न्यायका लागि राजधानी आएका हुन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.