अनाथ बालबालिकालाई भत्ता
नुवाकोट : नुवाकोटको पञ्चकन्या गाउँपालिकाले अनाथ बालबालिका संरक्षण कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रम अन्तर्गत अनाथ बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। पालिकाले कार्यक्रममा समावेश भएका बालबालिकालाई भत्ता वितरण सुरु गरेको अध्यक्ष तेजबहादुर तामाङ रमेशको भनाइ छ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा पालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले भत्ता वितरण गरेको हो। चा
गाउँपालिकामा आमाबावु विहीन बालबालिका २२ जना रहेका छन्। त्यसमध्ये बालिका १२ जना र बालक १० जना रहेका छन्।
उनीहरुलाई मासिक २ हजार रुपैयाँको दरले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको छ।
प्रतिक्रिया दिनुहोस !