छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित १० जना पक्राउ

छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित १० जना पक्राउ
सांकेतिक तस्बिर
सुन्नुहोस्

काठमाडौं : प्रहरीले देशका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित १० जना पक्राउ गरेको छ। काठमाडौं,मोरङ,कैलाली र चितवनमा  ठूलो परिणामको लागुऔषधसहित १०  जना पक्राउ  गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागुऔषध गाँजा १ केजीसहित दुईजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका-४ बस्ने २४ वर्षीय राजु तामाङ र धादिङ नेत्राबती नगरपालिका-१ बस्ने १९ वर्षीय नवराज गुरुङ रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङदेखि काठमाडौंतर्फ आउँदै गरेको लु।२ ख २१४३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

मोरङको रंगेली नगरपालिका-२ चेका खोलास्थित बाँसघारीबाट अवैध लागुऔषध गाँजा करिब १ सय ५० केजीसहित दुईजनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया ठिङ्गापुर पञ्चायत-६ कुवाडी बस्ने २९ वर्षीय दिपक झा र भारत अररिया हाँसा पञ्चायत बस्ने ३० वर्षीय  सिन्टुक कुमार सिंह रहेका छन् । 

प्रहरी चौकी अमाहिवरियाती र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा रंगेली नगरपालिका-३ रंजनी बस्ने ४६ वर्षीय वीरबहादुर कार्कीको घर नजिक रहेको बाँसघारीमा लुकाई राखेको अवैध लागूऔषध गाँजा करिब ८४ केजी फेला पारी वीरबाहदुर कार्की,भारत कुटहरा बस्ने २४ वर्षीय प्रबिण पासवान र भारत कटापुर बस्ने २४ वर्षीय बिष्णु कान्त मिश्र समेतलाई प्रहरीले पक्राउ गरेको छ । 

यस्तै कैलालीको भजनी नगरपालिका-३ जस बहादुरघाटबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्रामसहित दुईजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका-१ बस्ने २४ वर्षीय दिनेश ढुङ्गाना र २४ वर्षीय युवराज थापा रहेका छन् । ईलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले स.७ प ३९२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

चितवन,राप्ती नगरपालिका-३ मुडेबास बस्ने २४ वर्षीय ज्ञान बहादुर प्रजालाई अवैध लागुऔषध गाँजा करिब १० केजीसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.