नेपाली फुटबलकै लागि फाइनल महत्त्वपूर्ण छः कप्तान किरण

नेपाली फुटबलकै लागि फाइनल महत्त्वपूर्ण छः कप्तान किरण
सुन्नुहोस्

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण कुमार लिम्बुले प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल नेपाली फुटबलकै लागि महत्त्वपूर्ण भएको बताएका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी प्रतियोगिताको फाइनलमा भोलि नेपालले उपाधिका लागि लाओससँग खेल्दै छ।

फाइनलअघिको पत्रकार सम्मेलनमा बोल्दै किरणले अहिले नेपाली फुटबल कठिन अवस्थामा रहेको र टिममा भएका नयाँ खेलाडीको मनोबल बढाउन पनि फाइनल धेरै महत्त्वपूर्ण भएको बताए।

null

‘भोलिको फाइनलका लागि हामी मानसिक र शारीरिक रूपमा तयार छौं,’ उनले भने, ‘हाम्रो नयाँ टिम छ, धेरै नयाँ खेलाडीहरू छन्। यो टिमलाई हरेक क्षण सम्हालेर अगाडि बढ्नु पर्ने समय आएको छ। त्यसैले नयाँ खेलाडी र पछिल्लो नेपाली फुटबलको अवस्थाका कारण पनि यो फाइनल एकदमै महत्त्वपूर्ण छ।’

भोलिको फाइनल कठिन हुन सक्ने आंकलन गर्दै किरणले त्यसका लागि नेपाली टिम तयार रहेको बताए। भोलिको खेल फिफा विन्डोमा नभएकाले वरीयता जस्ता कुरामा फाइदा हुनेछैन। तर, त्यसका बाबजुद पनि फाइलन भएकाले यसको विशेष अर्थ हुने उनले सुनाए।

यस्तै, मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले पनि नेपाली टिम फाइनलका लागि पूर्ण रूपमा तयार भएको प्रतिक्रिया दिए। ‘भोलि उत्कृष्ट खेल हुने आशा छ, हामी फाइनलमा पुगेका छौं, र त्यसका लागि हामी तयार छौं,’ उनले भने।

null

भुटानविरुद्धको खेलमा घाइते भएका अञ्जन विष्टले भोलिको फाइनल गुमाउने करिब निश्चित छ। यस्तै, सुरुआती दुई खेलमा पहेँलो कार्ड पाएका पुजन उपरकोटी पनि भोलि फाइनलमा अनुपस्थित हुनेछन्। यद्यपि, प्रशिक्षक एनेसले अञ्जन भोलिका लागि तयार भएको बताए।

‘हामीसँग धेरै नयाँ खेलाडी छन्, भोलि राम्रो प्रदर्शन गरेर नतिजा ल्याउनुपर्ने दबाब हामीमाथि छ,’ उनले भने, ‘फाइनल सधैँ फाइनल नै हुन्छ, त्यसका लागि सबै तयार हुनेछन्।’

यस्तै, लाओसका प्रशिक्षक हान्स माइकल वाइसले भोलिको खेलमा उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको बताए। ‘हाम्रो टिममा ९ जनाभन्दा धेरै खेलाडी २३ वर्षभन्दा मुनिका छन्। त्यसैले यो टिमप्रति म सन्तुष्ट छु, नेपाल घरेलु टिममा खेल्दै छ, त्यसैले बलियो दाबेदार हो। तर, हामी पनि राम्रो खेल्ने कोशिस गर्नेछौं।’

null

लाओस धेरै फाइनलमा नपुग्ने भएकाले यो भोलिको खेल फिफा विन्डोमा नभए पनि धेरै महत्त्वपूर्ण भएको उनले सुनाए। ‘लाओस धेरै फाइनलमा पुग्दैन, त्यसैले यो फाइनल धेरै महत्त्वपूर्ण छ। खेलाडीहरूले थोरै तलब-सेवासुविधामा खेलिरहेका छन्, प्रतियोगिता जित्न सके उनीहरूले केही सुविधा पाउने छन्,’ प्रशिक्षक वाइसले भने।

लिग चरणका दुई खेलमध्ये एक जित र एक बराबरीसहित नेपाल चार अंक जोडेर शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। पहिलो खेलमा लाओसलाई २-० ले पराजित गरेको नेपाल दोस्रो खेलमा भुटानसँग १-१ गोलको बराबरीमा अल्झिएको थियो। 

null

जुन १३औं खेलमा नेपालले भुटानसँग पहिलो बराबरी खेलेको हो। पछिल्लो ३९ वर्षमा नेपालले भुटानविरुद्ध खेलेका १२ खेलमा जित निकालेको थियो।

यस्तै, पहिलो खेलमा नेपालसँग पराजित भएको लाओस दोस्रो खेलमा भुटानलाई २-१ ले हराउँदै तीन अंक जोडेर दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो। लाओस कुनै पनि प्रतियोगिताको फाइनलमा पहिलो पटक पुगेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.