विराट गोल्डकप : विराटनगर सिटी फुटबल क्लबको ऐतिहासिक जित

विराट गोल्डकप : विराटनगर सिटी फुटबल क्लबको ऐतिहासिक जित
सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको विराटनगर सिटी फुटबल क्लब (बीसीएफसी) का खेलाडीहरु। तस्बिर : राकेश कर्ण।
सुन्नुहोस्

खेलको ८९ औं मिनेटमा मेसुकेले गोल गरी टीमको अग्रतालाई तेब्बर बनाइदिए। बिमलले निकालेको पासलाई मेसुकेले गोलमा परिणत गरी दुवै टिमबिच भारी गोलान्तरको फरक सिर्जना गरिदिए। इन्जुरी समयमा विराटनगर सिटीका अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए।

विराटनगर : ६ दशकपछि घरेलु टोली विराटनगर सिटी फुटबल क्लब (बीसीएफसी) ले दोश्रोपटक सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ। 

भारतको केरलास्थित लुका सकर क्लबलाई ४–० गोलान्तरले हराउँदै विराटनगर सिटीले गोल्डकपको उपाधि हात पारेको हो। आयोजक टीमले यसअघि २०१९ सालमा महेन्द्र गोल्डकपको नामले फुटबल प्रतियोगिता हुँदा विजेताको ट्रफी उचालेको थियो। त्यतिबेला आयोजक टीम ‘मोरङ ११’ ले एलेभेन ज्वेल्स कोलकतालाई हराएको थियो। त्यसअघि २०१८ सालको पहिलो संस्करणको खेलमा भने आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलकता विजेता बनेको थियो। त्यसयता घरेलु टोलीले उपाधि उचाल्न सकेको थिएन।

यद्यपि ६१ वर्षपछि विराट गोल्डकपमा घरेलु टोली विराटनगर सिटी फुटलब क्लबले इतिहास दोहोर्‍याएको छ। स्वदेशी भूमिमा पाहुना टोलीलाई निराश बनाउँदै बिसीएफसीले सातौं संस्करणको विराट गोल्डकपको उपाधिसँगै नगद पुरस्कार स्वरुप रु. २० लाख १५ हजार समेत प्राप्त गरेको छ। उप–विजेता टीम लुका सकर क्लब केरलाले भने १० लाख  १५ हजार रुपैयाँ प्राप्त गरेको छ।

विराटनगरस्थित शहिद रङ्गशालामा बिहीबार सम्पन्न खेलमा जितका लागि विराटनगर सिटीका अफिज ओरवा, बिमल घर्ती मगर, मेसुके र अभिषेक गुरूङले गोल गरेका थिए। खेलको सातौं मिनेटमा विराटनगर सिटीका अफिज ओरवाले गोल गरी टिमलाई सुरुवाती अग्रता दिलाए। बिमल घर्ती मगरले निकालेको लामो पासलाई अफिजले गोलमा परिणत गरे। ७८ औं मिनेटमा बिमल घर्ती मगरले पेनाल्टी एरियाबाट गोल गरी अग्रता दोब्बर बनाए। सुजिकीले निकालेको क्रस पासलाई बिमलले गोलमा परिणत गरे।

खेलको ८९ औं मिनेटमा मेसुकेले गोल गरी टीमको अग्रतालाई तेब्बर बनाइदिए। बिमलले निकालेको पासलाई मेसुकेले गोलमा परिणत गरी दुवै टिमबिच भारी गोलान्तरको फरक सिर्जना गरिदिए। इन्जुरी समयमा विराटनगर सिटीका अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए। 

फाईनल खेलको २१ औं मिनेटमा विराटनगरका मेसुकेले पेनाल्टी एरियाबाट गरेको प्रहार बाहिरिँदा उनले सुरुवाती अवसर खेर फाले। पहिलो हाफमा केरला एक गोलले पछि परेपछि दबाबमा परेको थियो। पहिलो हाफमा पाएको गोल गर्ने सुन्दर अवसर खेर फाल्दा केरला पनि खेल बराबरीमा ल्याउनबाट चुक्यो। ४२ औं मिनेटमा मेसुकेले वान भर्सेस वानको प्रहारमा गोल गर्नबाट चुके। उनले गरेको प्रहार गोलपोस्ट माथिबाट गयो।

४३ औं मिनेटमा केरलाको पलकोले पेनाल्टी एरियाबाट गरेको प्रहार पनि चुक्यो। उनले गरेको कडा प्रहार बाहिरिँदा गोल गर्ने अवसर खेर गयो। खेलको ७४ औं मिनेटमा विराटनगरले पेनाल्टी पाएको थियो। केरलाको टिमको डिबक्स भित्र ह्याण्ड भएपछि विराटनगरले पेनाल्टी पायो। 

तर, पेनाल्टी सुटआउटमा स्टेफेनले गरेको प्रहार केरलाको गोलकिपर सनफिरले उत्कृष्ट रुपमा बचाए। त्यसलगतै स्टेफेनले डिबक्स भित्रबाट गरेको प्रहार पोस्ट बाहिर गएको थियो। ७७ औं मिनेटमा पलको वान भर्सेस वानको प्रहार बाहिरिँदा गोल गर्ने अवसर खेर गयो। लगत्तै पलको डिबक्सभित्रबाट गरेको प्रहार विराटनगरका गोलकिपर प्रदीप भण्डारीले विफल पारिदिए।

प्रतियोगिताको विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि एन्फाका अध्यक्ष पञ्कज विक्रम नेम्वाङ्ग, विराट गोल्डकप आयोजक समितिको संयोजक तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ तथा गोल्डकपको सह–संयोजक सुभाषिस कोईराला लगायतले पुरस्कार वितरण गरे। प्रतियोगितामा खेलाडीहरुले विधागत रुपमा पनि पुरस्कार प्राप्त गरे। फाईनलको ‘म्यान अफ द म्याच’ विराटनगर सिटीका सुरज विक घोषित भए। 

उनले पुरस्कार बापत नगद ११ हजार पाए। फाईनलमा विधागततर्फको पुरस्कारमा विराटनगर सिटीकै वर्चस्व रह्यो। बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगर सिटीका मेसुके घोषित भए। फेयर प्लेर अफ द टुर्नामेन्ट जावलाखेल युथ क्लब घोषित भयो। हाइस्कोर प्लेयर विराटनगर सिटीका अभिषेक गुरूङ भए। उनले खेल अवधिभर दुई गोल गरेका थिए। बेस्ट फरवार्ड भारतको चालीज क्युराको, बेस्ट मिल्ड फिल्डर विराटनगर सिटीका युका सुजुकी र बेस्ट गोल किपर विराटनगर सिटीका क्याप्टेन विशाल श्रेष्ठ घोषित भए। बेस्ट डिफेन्डर विराटनगरका देवेन्द्र तामाङ्ग घोषित भए।

बेस्ट कोचपनि विराटनगर सिटीकै सन्तोष न्यौपाने घोषित भए। विधागततर्फ प्रत्येकले जनही २५ हजार प्राप्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.